विवाह नभएकी आमाले गरिन् शिशुको हत्या
प्रकाशित मिति : २०७३ पौष २२ शुक्रबार
ललितपुर । आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेटले घाँटी काटी हत्या गरेकी छिन् ।
सिन्धुपाल्चोक जिल्लाको इर्खु गाविस घर भएकी करिव १८ वर्षकी अनिषा तामाङले समाजबाट लुकाउनका एक हप्ता अघि शिशुको हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । केही समयसमयदेखि उनी दिदी भिनाजुसंगै बस्दै आएकी थिइन ।
अनिषाको नातामा दाजुपर्ने कृष्णबहादुर तामाङलाई पनि सो घटनामा सहयोग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । दुबै जनाले प्रहरीसमक्ष अभियोग स्वीकार गरिसकेका चाँपागाउँस्थित महानगरीय प्रहरीवृतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । रासस
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">