arrow

ओलीको दाबी ‘एमालेले मधेशमा कार्यक्रम गरे ड्रोनले भ्याउँदैन स्याटेलाईटबाट फोटो खिच्नुपर्छ’

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
oli-at-sammelan.jpeg
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराईमा नेकपा एमाले कमजोर छ भनेर नसोच्न मधेशबादी दललाई चेतावनी दिएका छन् । शुक्रबार राजधानीमा आयोजित नौ दलको संयुक्त शक्ति प्रदर्शन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मधेशमा ११ सिट जितेका मधेशी दलहरुले मधेशी जनताको भावनाको कुरा गर्न नसुहाउने तर्क गरे । 
 
उनले मधेशको नाममा मधेशी जनतालाई ठगेर खान पल्किएका केही दलहरुले मधेशबादी भन्नु सुहाउँदो नरहेको भन्दै ११ सिट भएकाले ४० सिट जितेको नेकपा एमालेलाई नगरा बजाएर धपाउने सपना नदेख्न चेतावनी दिए । 
 
फाल्गुन दोस्रो सातादेखि एमाले तराईको मेची काली अभियानमा लाग्ने भन्दै त्यहाँ एमालेलाई साथ दिने मधेशी जनताको जनलहरलाई फोटो खिच्न ड्रोनले नभई स्याटेलाईटको आवश्यकता पर्ने दाबी गरे । 
 
फरक प्रसंगमा अध्यक्ष ओलीले नेकपा एमाले रहेसम्म कुनैपनि राष्ट्रघाती काम हुन नसक्ने भन्दै सार्वभौम व्यवस्थापिका संसद्बाट अहिले सरकारले प्रस्ताव गरेको राष्ट्र हित विपरित रहेको संविधान संशोधन विधेयक पारित हुनै नसक्ने ठोकुवा पनि गरे । ‘नेकपा एमालेको सान रहेसम्म राष्ट्रहितलाई तलमाथि हुन दिईने छैन’ ओलीले भने ‘संसद्बाट पनि एमालेको त्यतिधेरै सिट हुँदाहुँदै राष्ट्रहित विपरितको संशोधन प्रस्ताव पारित हुन दिईँदैन ।’ 
 
प्रधानमन्त्री पुक्ष्पकमल दाहाल तर्फ इङ्किति गर्दै अध्यक्ष ओलीले भने ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर बोल्न हुने र बोल्न नहुने समेत कुरा बोलेर जनतालाई भ्रममा पार्न कहाँसम्मको न्यायसंगत हो ?’ बिहीबारको प्रधानमन्त्री दाहालको अभिव्यक्ति र केही समय अगाडिको अभिव्यक्ति स्मरण गर्दै अध्यक्ष ओलीले भने ‘कहिले भ्रष्टाचारको विषयमा प्रधानन्यायाधीस र अख्तियार प्रमुखसँग कुरा मिलिसक्यो अब ढुक्क भए हुन्छ भन्ने त कहिले संविधान संशोधनको विषयमा प्रधानन्यायाधीषले पनि सकारात्मक सुझाव दिएको भनेर भेटै नभएको विषयमा जनतालाई झक्काउने काम भएको छ । यो कहाँसम्मको न्योचित कुरा हो ?’
 
कार्यक्रममा ओलीले संविधान संशोधन अहिलेको आवश्यकता नरहेको भन्दै जनता हित र राष्ट्रिय आवश्यकता विपरित अरुको प्रभावमा पहाड र हिमाल छुट्टाउने गरी संशोधन प्रस्ताव ल्याईएकोले एमालेले यसलाई स्वीकार्न नसकेको स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ