सरकारको कार्यसम्पादन कमजोर भएकै कारण राजावादीहरुले टाउको उठाए – सीके
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
2.5k
Shares
महोत्तरी । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा सीके राउतले राजावादीहरुको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने बताएका छन् ।
सरकारको कमजोर डेलीभरीका कारण केही असन्तुष्टिहरु देखिएता पनि ठूला दलहरु भने आफूलाई सुधार गर्न तयार हुनुपर्ने उन्ले जिकिर गरे ।
‘हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रीय समितिबाट पनि निर्णय गरेको छ’, राउतले भने, ‘जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो यसमा हामीले नौलो गणतन्त्र भनेका छौँ तर समाजवादी गणतन्त्र भने हैन ।’
महोत्तरीको बर्दिवासमा तीन दिनदेखि जारी केन्द्रीय समितिको बैठकको समापनको क्रममा पत्रकारहरुसगँ कुरा गर्दै अध्यक्ष राउतले सरकारको कार्यसम्पादन कमजोर भएकै कारण राजावादीहरुले टाउको उठाएको पनि दाबी गरे ।
सुशासन र विकासको क्षेत्रमा सरकारको कार्यसम्पादन शून्य देखिएको बताउँदै उनले गणतन्त्र रक्षाको लागि ठूला दलहरु नै सुध्रनुपर्ने धारणा राखे ।
अध्यक्ष राउतले समाजवादी मोर्चाले गर्ने भनिएको प्रदर्शनलाई लिएर भने फरक मत राखेका छन । प्रदर्शन भन्दा पनि व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिँदै उनलेनेपालको परिवेशमा समाजवाद भन्दा नौलो गणतन्त्र नै आवस्यक भएको दोहोर्याए ।