काठमाडौँ । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लासपूर्वक मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व शुक्रबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो ।
काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् ।
होली पर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा संयन्त्रलाई बलियो बनाएको बताएको छ । आज सरकारले पहाडी क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।