arrow

पुरुष ३३ खेलाडीसँग क्यानको वार्षिक सम्झौता, पाँच खेलाडीलाई मासिक लाख, को कुन समूहमा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
nepal-cricket-81-7-22.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले ३३ पुरुष क्रिकेट खेलाडीलाई दिएको वार्षिक सम्झौताको सूची सार्वजनिक गरेको छ ।

क्यानले ए, बी, सी र डी तथा इमर्जिङ गरी पाँच तहमा खेलाडीलाई वर्गीकरण गरेर खेलाडीसँग वार्षिक सम्झौता गरेको हो । क्यानले ए सूचीमा रहेका पाँच खेलाडीलाई प्रति महिना एक लाख, बी सूचीमा रहेका पाँच खेलाडीलाई प्रति महिना ७० हजार, सी सूचीमा रहेका चार जनालाई प्रति महिना ५५ हजार, डी सूचीमा रहेका १२ खेलाडीलाई प्रति महिना ३५ हजार र इमर्जिङ सूचीमा रहेका ७ खेलाडीलाई प्रति महिना २५ हजार दिने जनाएको छ ।

खेलाडीको सूची यस्तो छ–     
समूह एमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, आसिफ शेख र सन्दीप लामिछाने रहेका छन् । 

समूह बीमा करण केसी, कुशल भुर्तेल, गुलसन झा, ललितनारायण राजबंशी र अनिल साह रहेका छन् । 

समूह सीमा सन्दीप जोरी, आरिफ शेख, भिम सार्की र कुशल मल्ल रहेका छन् । 

समूह डीमा सागर ढकाल, लोकेश बम, सहाब आलम, अकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव, बसिर अहमद, अविनाश बोहरा र मायान यादव रहेका छन् । 

समूह ईमा अर्जुन घर्ती, हेमन्त धामी, दिपेश सिंह, अर्जुन कुमाल, शुब शंकर र सन्तोष यादव रहेका छन् । 

 

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ