arrow

वसन्तपुरमा होलीको चहलपहल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
basantapur-oli.jpg

काठमाडौँ । वसन्तपुरमा होलीको चहलपहल शुरु भएको छ । बिहीबार नेपालको हिमाली र पहाडी जिल्लाहरूमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौँसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ ।

वसन्तपुरमा होली मनाउनका लागि मानिसहरू जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर खुसीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । 

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ