arrow

स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहन्छः मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
shatiskumar-sing-cm-madhesh-province.jpg

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने बताएका छन् । 

जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको भवन शिलान्यास गर्दै उनले तत्काललाई आफ्नो ध्यान एसइईलाई मर्यादित बनाउनमा केन्द्रित भएको बताए । तर स्वास्थ्य क्षेत्र सुधार अभियान नरोकिने उनको भनाइ थियो ।

सो अवसरमा मुख्यमन्त्रीले यातायात जस्तो व्यस्त सेवा प्रदायक कार्यालयको आफ्नै भवन नभएको अवस्थामा यो सुखद् सन्दर्भ रहेको बताए ।

उनले यातायात कार्यालयका गलत गतिविधि बन्द गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए ।

मधेश प्रदेशकै श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले यातायात क्षेत्रका बिचौलिया गतिविधि र दुरुपयोग रोक्न ‘अटोमेटिक ट्रयाल सेन्टर’सहितको कार्यालय भवन बन्न लागेको जानकारी दिए ।

कार्यालयको भवनका लागि सीताकुण्डका महन्त राम नरेश दासले एक बिघा जग्गा दान गरेका छन् । 

मुख्यमन्त्री सिंह, श्रम तथा यातायातमन्त्री राय, यातायात कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले संयुक्त रुपमा हिन्दू विधिअनुसार भवन निर्माणस्थलको पूजन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ