arrow

अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वीमा फर्कँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १ शुक्रबार
nasa-spacex-mou-iss.png
तस्बिर – फाइल ।

लस एन्जलस । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले  शुक्रबार एजेन्सीको क्रू–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।

यो मिसन पहिले फ्लोरिडाको नासाको केनेडी स्पेस सेन्टरबाट बुधबार पूर्वी समय अनुसार बेलुकी ७ः४८ बजे स्पेसएक्स फाल्कन ९ रकेटबाट प्रक्षेपण गर्ने तालिका थियो तर फाल्कन ९ रकेटको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रविधिको समस्याका कारण प्रक्षेपण रद्द गरिएको नासाले जनाएको छ।

नासाका अनुसार मिसन प्रबन्धकहरूले बुधबार साँझ भेट गरे र अन्तरिक्ष यानको उडान मार्गमा उच्च हावा र वर्षाको पूर्वानुमानका कारण प्रक्षेपण प्रयास बिहीबार स्थगित गर्ने निर्णय गरे ।

यो मिसनले चार अन्तरिक्ष यात्रीहरूलाई आईएसएसमा लैजानेछ । गत जुनदेखि अन्तरिक्षमा फसेका नासाका अन्तरिक्ष यात्री सुनी विलियम्स र बुच विल्मोर सहित चार अन्तरिक्ष यात्रीहरूलाई फाल्कनले पृथ्वीमा ल्याउनेछ । रासस–सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ