arrow

संसद चल्छ, संविधान संशोधन विधेयक अघि बढ्छ : प्रधानमन्त्री

‘म अप्ठ्यारोमा छैन, देश अप्ठ्यारोमा छ’

logo
प्रकाशित २०७३ पुष २३ शनिबार
PM-bimochan-news.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि अवरुद्ध संसद् आइतबार देखि सञ्चालन भई महत्वपूर्ण विधेयक अघि बढ्ने बताएका छन् । राजनीतिज्ञ शान्ता श्रेष्ठ लिखित ‘मान्छेभित्रको मान्छे’ स्मरण संग्रहको लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले संसद् सुरु भएसँगै संविधान संशोधन प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयकको प्रक्रिया अघि बढ्ने बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘संसद् आइतबारदेखि फेरि संसद चल्दैछ, त्यहाँ हामीले राष्ट्रलाई एकताबद्ध गर्न र निर्वाचनका लागि जे प्रस्ताव अगाडि सारेका छौँ, अब, त्यो प्रक्रिया अघि बढ्नेछ, सर्वोच्च अदालतले पनि संसद्मा नै छलफल गर्न आदेश दिएको छ ।’

संसद् अवरोध गरेर राष्ट्रहित र एकताबद्ध नहुने भन्दै उहाँले राष्ट्रलाई एकताबद्ध गरी संविधानको स्वीकार्यता बढाई निर्वाचनतर्फ गएर मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजानुुपर्ने अहिलेको आवश्यकतामा सबैको साथका लागि अपिल गरे ।

संविधानमा मधेसी, थारु, जनजातिलगायतको स्वीकार्यता बढाउनु राष्ट्रहित विपरीत हुने तर आफूबाहेक अरुलाई वञ्चित गर्नु चाहिँ राष्ट्रियता विपरीत हुने, सबैलाई समेटेर जान खोज्ने कि आफूबाहेक अरुलाई निषेध गरेर जाने राष्ट्रवाद हुन्छ, यसबारेमा जनतामा पनि सचेतना आउन जरुरी छ’ – प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालले देशको अप्ठ्यारो नै आफ्नो अप्ठ्यारो भएको सुनाए । दाहालले भने, ‘म अप्ठ्यारोमा छैन । तर, देश अप्ठ्यारोमा छ, देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो हो । देशको अप्ठ्यारो हल गर्ने प्रयासमा छु । यसका लागि राष्ट्रिय सहमति र एकता जरुरी छ ।’

संविधान कार्यान्वयनका लागि संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जाने तयारी गरिरहेका छौं । मेरो प्रयत्न देशलाई पहाड र तराईका नाममा ध्रवीकरणमा लैजाने होइन, हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्नु हो । राष्ट्रिय एकता कायम गरेर निर्वाचन सफल भए मात्रै हामी सफल हुन्छौं र राष्ट्रिय एकता कायम हुन्छ ।’
 

पुस्तक चर्चा
शान्ता श्रेष्ठ प्रतिष्ठानले प्रकाशन गरेको उक्त संग्रहमा विसं २०२५ देखि २०७२ अवधिको राजनीतिक कालखण्डका अनुभव, भोगाई समेटिएका ५२ वटा नियात्र, निबन्ध आदि विषयलाई उजागर गरिएको छ ।

सात दशक लामो राजनीतिक घटनाक्रमका नायक, खलनायकको झलक पनि पुस्तकमा समेटिएको पुस्तकका सम्पादक अशोक सुवेदीले बताए । लेखक शान्ता श्रेष्ठले नेपाली राजनीतिक जीवनका भोगाइ र पात्रहरुको विवरण पुस्तकमा समेटिएको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ