मोबाइल व्यवसायीले बुझाए ७७ जिल्लाका सीडीओलाई ज्ञापनपत्र
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
1.7k
Shares
काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले आफ्नो व्यवसायमा देखिएका समस्या समाधानको माग गर्दै देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओलाई ज्ञापनपत्र बुझाएको छ।
महासंघले पुराना मोबाइलको खरिद-बिक्री तथा मर्मतमा प्रहरी प्रशासनबाट हुने अनावश्यक दुःख, मोबाइल लक-अनलक लगायतका विषयमा व्यवसायीहरूलाई हुने झन्झट अन्त्य गर्न माग गरेको छ।
महासंघका केन्द्रीय उपाध्यक्ष छतेन्द्र आचार्यका अनुसार जिल्ला कार्यसमिति मार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो।
यसैगरी, महासंघले भोलि सातै प्रदेशका मुख्यमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ। साथै, व्यवसायी र सुरक्षा निकायबीच सहकार्यसम्बन्धी मस्यौदा गृह मन्त्री र सचिवलाई पनि बुझाइने महासंघका अध्यक्ष भरत भट्टराईले जानकारी दिएका छन्।