सरकारले चैत २४ गतेलाई दियो सार्वजनिक बिदा, यस्ता छन् निर्णयहरू
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
942
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने भएको छ । गत चैत ४ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन् ।
सरकारका प्रवक्ता गुरुङका अनुसार विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने, ऋण असुली न्यायधिकरणको बैकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको समेत गरेको छ ।