काठमाडौँ पिंक केयराथनः महिला स्वास्थ्यका लागि [फोटोफिचर ]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ९ शनिबार
732
Shares
काठमाडौँ । महिलाहरूको स्वास्थ्य एवं फिटनेसका लागि काठमाडौँ पिंक केयराथन महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले ‘काठमाडौँ पिंक केयराथन’ भएको छ । लेजर पोर्ट नेपालले यो कार्यक्रम गरेको हो ।
काठमाडौँ पिंक केयराथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना गरिएको छ । लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म ३ वर्ष काठमाडौँ पिंकाथन आयोजना गरेको थियो ।
त्यसपछि कोभिड महामारी र अन्य सामाजिक तथा आर्थिक कारणले रोकिएको इभेन्ट २०२४ मा आयोजना भएको थियो ।