arrow

राष्ट्रियता जोगाउन सबै दल अग्रसर हुनुपर्छ : डा भट्टराई

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
baburam-bhattarai.jpg.jpeg
राजविराज । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले राष्ट्रियता जोगाउन सबै दल अग्रसर हुनुपर्ने बताएका छन् । 
 
राजविराजस्थित कारागारमा रहेका पार्टीका तत्कालिन जिल्ला संयोजक अरुण साहलाई आइतबार भेट्न पुगेका  डा भट्टराईले सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपालीले आफ्नो स्वाधीनता, सार्वभौमसत्ता रक्षाका लागि हिमाल, पहाड र तराई मधेसका मधेसी, आदिवासी जनजाति र खस आर्य जातिलाई मिलाएर एउटै क्लस्टर बनाउनु पर्ने बताए । 
 
जातीय राजनीतिको परिभाषा गलत भएको उनको भनाइ थियो । एउटा खास जातिलाई जोडेर क्लस्टर बनाए राष्ट्रियतालाई अशान्तितर्फ धकेल्ने र यसले राष्ट्रियता खतरामा पर्ने भन्दै भट्टराईले सबैलाई यसको रक्षाका लागि देशभित्र कुनै पनि वाद नल्याउन आग्रह गरे। 
 
डा भट्टराईले आइतबारै आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा संविधान संशोधनका लागि मधेसी दलको सहयोग आवश्यक रहेको जिकिर गरे। संविधान विघटन भए पुनः २०४७ कै संविधान लागू हुनसक्ने खतरा रहेकाले यसका लागि मधेसवादी दल सतर्क रहन उनले सुझाव दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ