arrow

अभियुक्त पक्राउ गर्ने क्रममा पर्सामा गोली चल्यो

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
goli-chalyo.jpg.jpeg
काठमाडौं । पर्सामा अभियुक्त पक्राउ गर्ने क्रममा प्रतिकार गर्न खोजेपछि प्रहरीले गोली चलाएको छ । पर्साको वीजवनियाँ स्थित बरैया टोलमा अभियुक्त बृज किशोर गिरी माथि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गोविन्द कुमार शाहले जानकारी दिए । 
 
केही दिन अघि बाराको एक मन्दिरमा भएको हत्या प्रकरणमा दोषी रहको आरोपमा पक्राउ गर्न खोज्दा उनले प्रतिकार गरेपछि गोली प्रहार गरिएको शाहले जानकारी दिए । उनले यस विषयमा घटनास्थलबाट प्रहरी कार्यालय आउँदै गरेकोले यस विषयमा थप विवरण आउन बाँकी रहेको एसपी शाहले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ