arrow

एमाले मोरङको आठौँ अधिवेशन सोमबारदेखि

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
uml.jpg.jpeg
विराटनगर । नेकपा (एमाले) मोरङको आठौँ जिल्ला अधिवेशन सोमबारदेखि विराटनगरमा सुरु हुने भएको छ । तीन दिनसम्म चल्ने सो अधिवेशनमा ८८२ जना प्रतिनिधिको सहभागिता रहने सो पार्टीद्वारा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । 
 
यस सम्बन्धमा सो पार्टीका मोरङ जिल्ला अध्यक्ष महेश रेग्मीले अधिवेशनको तयारी पूरा भइसकेको र यसलाई भव्यरुपमा सफल बनाउनका लागि १४ वटा उपसमिति गठन गरिएको जानकारी गराए । 
 
सो पार्टीका अध्यक्ष केपी शर्मा, ओलीले आठौँ अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको सो अवसरमा जानकारी गराइयो । उक्त अधिवेशन सम्पन्न गर्नका लागि अनुमानित रु २५ लाख खर्च हुने र सो रकम पार्टीका २० हजार कार्यकर्ताबाट प्राप्त लेवी र शुभेच्छुकको सहयोगबाट रकम प्राप्त हुने अध्यक्ष रेग्मीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ