arrow

बैठकमा प्रमुख तीन दल, द्वन्द्वको घाउ निको पार्ने उपाय खोज्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
oli-deuba-prachanda-81-5-27.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा तीन दलका शिर्ष नेताको बैठक बस्न लागेको हो । 

बैठक अपरान्ह ४ बजे बोलाइएको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शिर्ष नेताको बैठक बस्न लागेको हो । 

संक्रमणकालिन न्याय सम्बन्धी प्रक्रिया अघि नबढिरहेको बेलामा यो बैठक आह्वान भएको हो । द्वन्द्वको घाउ अझै नसुकेको अवस्थामा शान्ति प्रक्रिया टुंगो लगाउने जिम्मा अहम् बनेको छ । 

बैठकमा पछिल्लो समय राजावादीहरुको सक्रियताका विषयमासमेत कुराकानी हुने बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ