काठमाडौँमा लगाइएको कर्फ्युको समयावधि थपियो, शनिबार बिहान ७ बजेसम्म लम्बियो
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
766
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । काठमाडौँ जिल्लाका विभिन्न स्थानमा लगाइएको कर्फ्युको समयावधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले यसअघि जारी गरेको कर्फ्यु आदेशको समय थपिएको हो ।
पछिल्लो प्रशासन अवस्थाको विश्लेषण गर्दै प्रशासनले यसअघि जारी भएको कर्फ्यु आदेशको निरन्तरता स्वरुप शुक्रबार राति १० बजेसम्मको कर्फ्यु शनिबार बिहान ७ बजेसम्मका लागि लम्ब्याइएको हो ।
प्रशासनले बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म समयावधि थपेको हो ।