राजावादीले जलाए रास्वपाका प्रमुख सचेतक परियारको गाडी
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
3.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । पूर्वराजाका समर्थकहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलाएका छन् ।
शुक्रबार संसद्को काम कारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरूले गाडी जलाइदिएको सचेतक परियारले जानकारी दिए । उनले भने, “भक्तपुरस्थित घर फर्किँदै गर्दा बालकुमारीस्थित सिसीआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर गाडी जलाइ दिएका छन् ।”
उनीहरूले परियार चढेको १३८२ नम्बरको गाडी जलाई दिएका हुन् ।