रविन्द्र र धवलसहित ११ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १७ आइतबार
3.2k
Shares
काठमाडौँ । काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत ११ जनालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
राजावादीहरुको आइतबारको हिंस्रक घटनापछि पक्राउ परेकालाई म्याद थपका लागि प्रहरीले अदालतमा हाजिर गराएकामा काठमाडौँ जिल्ला अदालतले रविन्द्र र धवलसहित ११ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
उनीहरुलाई राज्यविरुद्धको अपराधको आरोपमा मुद्दा चलाएको छ । त्यस्तै अन्य ३० जनालाई आपराधिक उपद्रो मुद्दामा चार दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौँ अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
अदालतले कानून व्यवसायी स्वागत नेपाललाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ ।