arrow

राजावादीको तीनकुने हिंसामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १९ मंगलबार
tinkune-fire-journalist-dead-2081-suresh-rajak.jpg

काठमाडौँ । प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ । गत चैत १५ गतेको तीनकुनेमा आयोजिक राजावादीको तीनकुने हिंसामा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

उनले भने, “उक्त घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन्, यसअघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।” 

उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

घटनाका मुख्य नाइके विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने अझै फरार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ