एक सय ६६ नेपाली बन्दीलाई आममाफी, सरकारबाट यूएईप्रति कृतज्ञता व्यक्त
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १९ मंगलबार
645
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिइएकामा संयुक्त अरब इमिरेट्स (यूएई) सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यूएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमूना भएको जनाएको छ । अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा यूएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।