arrow

संविधान संशोधन गरी आर्थिक विकासमा लाग्नु अहिलेको आवश्यकता : शशाङ्क

logo
प्रकाशित २०७३ पुष २५ सोमबार
Sasanka-Koirala.jpeg

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधान संशोधन गरेर आर्थिक विकासमा लाग्नु नै अहिलेको आवश्यकता भएको बताएका छन् ।

ब्रिटिश गोरखा नेपाली परिषद्ले गरेको ‘समृद्ध राष्ट्र निर्माणमा गोरखाको योगदान’ विषयक छलफलमा महामन्त्री कोइरालाले मुलुकमा देखिएको राजनीतिक समस्याको निकासका लागि संविधान संशोधन गर्नु नै एक मात्र विकल्प छ भने ।

महामन्त्री कोइरालाले संविधान निर्माणका वेला प्रमुख राजनीतिक दलबीच देखिएको एकता, सहकार्य र समन्वयलाई संविधान कार्यान्वयनका वेला पनि देखाउनुपर्नेमा जोडदिदैं संविधान कार्यान्वयन गरेर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजाने बेला भएकाले अब ढिला नगरी दलहरु निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए ।

एमाले नेता रवीन्द्र अधिकारीले मुलुकलाई आर्थिक विकासमा लैजानका लागि निर्वाचन आवश्यक रहेको बताउँदै वार्ता र छलफलबाट अहिलेको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

परिषद्की अध्यक्ष सुविन लिम्बू, नेपाली काँग्रेसका नेता गुरुराज घिमिरे र माओवादी केन्द्रका नेता सुरेश आलेमगरलगायतले मुलुकलाई निकास दिनका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ