arrow

सांसद एवं पूर्व मन्त्री दीपक बोहोराप्रति अन्तिम श्रद्धाञ्जली [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २० बुधबार
deepak-bohora-tribute-(22).jpg

काठमाडौँ । प्रतिनिधि सभाका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता दीपक बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । 

राप्रपाका संस्थापक नेता तथा पूर्वमन्त्री बोहोराको ७४ वर्षको उमेरमा उपचारको क्रममा मङ्गलबार बिहान निधन भएको थियो । 

चाबहिलस्थित पार्टी कार्यालयमा आज आयोजित श्रद्धाञ्जली कार्यक्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्व बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए । श्रद्धाञ्जली दिन सरकारका तर्फबाट मन्त्रीहरु, सांसदहरु, विभिन्न दलका नेताहरु लगायत पुगेका थिए । 

उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलसमेत श्रद्धाञ्जली दिन पुगेका थिए । त्यसैगरी नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र सुनिल थापा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता हितराज पाण्डे, नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता योगेश भट्टराईलगायत राप्रपाका नेता तथा कार्यकर्ताले स्व बोहोराप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 

त्यसअघि उनको निवास बालुवाटारमा श्रद्धाञ्जली दिइएको थियो । स्व नेता बोहोराको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । 
 

deepak-bohora-tribute (1).jpg
deepak-bohora-tribute (2).jpg
deepak-bohora-tribute (3).jpg
deepak-bohora-tribute (4).jpg
deepak-bohora-tribute (5).jpg
deepak-bohora-tribute (6).jpg
deepak-bohora-tribute (7).jpg
deepak-bohora-tribute (8).jpg
deepak-bohora-tribute (9).jpg
deepak-bohora-tribute (10).jpg
deepak-bohora-tribute (11).jpg
deepak-bohora-tribute (12).jpg
deepak-bohora-tribute (13).jpg
deepak-bohora-tribute (14).jpg
deepak-bohora-tribute (15).jpg
deepak-bohora-tribute (16).jpg
deepak-bohora-tribute (17).jpg
deepak-bohora-tribute (18).jpg
deepak-bohora-tribute (19).jpg
deepak-bohora-tribute (20).jpg
deepak-bohora-tribute (21).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ