arrow

रविन्द्र र धवल थप छ दिन हिरासतमै रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २० बुधबार
dhawal-rabindra.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं सांसद डा. धवलशमशेर राणालाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

अदालतले बुधबार मिश्र र राणासहित ४१ जनालाई आपराधिक उपद्रव र संगठित अपराधको मुद्धामा थप ६ दिन थुनामा राख्न अनुमति दिएको छ। 

न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई बुधबार थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन् ।

गत चैत १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा भएको आन्दोलन भड्काएको, तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उक्त घटनाका मुख्य योजनाकार विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने फरार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ