arrow

राजावादीको आन्दोलनमा जोडियो रास्वपा, पक्राउ परेका नेता राईलाई संगठित अपराधको कसूर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
rajkumar-rai-rsp.jpg

काठमाडौँ । काठमाडौँको तीनकुनेमा गत चैत १५ गते भएको राजावादीहरुको प्रदर्शनमा रास्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता पनि पक्राउ परेका छन् । रास्वपाका नेता डा राजकुमार राई तीनकुनेबाट चैत १५ गते नै पक्राउ परेका हुन् । 

राजावादीको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनीमाथि प्रहरीले अपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसूर अन्तर्गत पक्राउ गरेको हो । ४१ जनालाई उक्त कसूरमा प्रहरीले १५ गते नै पक्राउ गरेको हो । 

राई रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्व सभापति हुन् । खोटाङको राउवाबेशी गाउँपालिका १ का ६३ वर्षीय राईलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ । 

पहिलो पटक उनलाई ५ दिन र दोस्रो पटक ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएको छ ।

सीसीआरसी कलेजका सञ्चालकसमेत रहेका राई गत पुस १३ गते खोटाङको रास्वपा जिल्ला अध्यक्षको चुनावमा पराजित भएका थिए । 

केन्द्रीय सदस्य एवं सांसद डा तोसिमा कार्कीको उपस्थितिमा भएको जिल्ला अधिवेशनबाट मुकुन्दकृष्ण थापा जिल्ला अध्यक्षमा निर्वाचित हुँदा राई फराकिलो अन्तरले पराजित भएका थिए ।

थापाले ३० मत पाउँदा  राईले मात्र ६ मत पाएका थिए । 

राई पक्राउ परे पनि रास्वपाले वास्ता गरेको छैन । यद्यपि उसका केही जिम्मेवार केही नेताले रास्वपा छाडिसकेको पनि भन्न भ्याइसकेका छन् । तर अहिलेसम्म न उनलाई रास्वपाले हटाएको छ न त कारबाही नै गरेको छ । 

के संकेत गर्छ यसले ?
राई राजावादीको आन्दोलनमा सरिक हुनु, पक्राउ पर्नु र रास्वपाले कुनै कारबाही नगर्नुले उक्त आन्दोलनमा रास्वपाको पनि समर्थन रहेको शंका गर्ने ठाउँ प्रशस्त छ । 

रोचक त के छ भने रास्वपाले राप्रपाले थालेको राजावादीको आन्दोलनलाई कहिल्यै अन्यथा भनेन । संसदमा पनि चर्को विरोध गरेन । 

यत्ति हो रास्वपा सांसद सन्तोष परियारको सरकारी गाडी तोडफोड भएपछि यो काम गलत भयो मात्र भन्यो । 

चार ओ‌टा सहकारी ठगीमा पक्राउ परेर दुई करोड ७९ लाख रुपैयाँ धरौटी बुझाएर बाहिरिएपछि पार्टीको सभापतिको जिम्मा सम्हालेपछि रवि लामिछानेले भने आफूहरुको लाइन राजावादीकै भएको संकेत गरेका छन् । 

उनले ठूला दलका नेताहरुसँग बसेर तस्बिर खिचाउने इच्छा नभएको बताएर राजावादीहरुसँग नजिक भएको संकेतसमेत गरेका हुन् । 

एक राजावादी नेताका अनुसार राजसंस्था पुनःस्थापनाको आन्दोलनमा रास्वपाले पनि नैतिक समर्थन गरेको छ । खुलेर नआए पनि आफूहरुको समर्थन रहेको वचन पाएको उनले बताए । 

यो अर्थमा डा राईको पक्राउलाई बाटोमा हिँड्दा वा रमिता हेर्न गएका बेलामा झुक्किएर वा अन्य कुनै कारणले पक्राउ गरेको भनेर भन्ने अवस्था छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ