arrow

राजावादीको हिंसात्मक आन्दोलन र लुटपाटमा संलग्न ६६ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
chait15-rajabadi-hinsa.jpg

काठमाडौँ । काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्व अनुमति लिई नवराज सुवेदीको संयोजकत्व र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाइमा  शान्तिपूर्वक प्रदर्शन गर्ने गरी आयोजित प्रदर्शनका क्रममा हिंसा हुँदा दुई जनाको ज्यान गएको छ भने सय भन्दा बढी घाइते भएका छन् । 

शान्तिपूर्ण भनी हिंसा गर्ने हत्या, तोडफोड, आगजनीमा सहभागी हुने र आन्दोलन भड्काउनुका साथै आन्दोलनका नाममा लुटपातसमेत गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ६६ जनालाई पक्राउ गरेको हो । 

प्रहरीले 'कार्यक्रममा आयोजक समेतले उपस्थित समर्थक एवं भीडलाई उत्तेजित बनाई संघीय संसद भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्नका लागि प्रहरी माथि ढु‌ङ्गामुढा गरी, आफैँले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गर्नुका साथै आम सर्वसाधारणहरुको सुरक्षार्थ सडकमा डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल समेतका सुरक्षाकर्मीहरुलाई समेत ढुङगा, लाठी,फलामका रड, घरेलु हतियार समेतले प्रहार गरी सुरक्षाकर्मीको हातहतियार समेत खोसी सुरक्षाकर्मीहरुलाई घाइते बनाई, सर्वसाधारण मानिसहरुको घर, निजी सम्पत्ति, संचार गृहहरु रहेको भवन, विभिन्न राजनैतिक दलहरुको कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालयहरु, व्यापारीक केन्द्र, नेपाल आयल निगमको अति संवेदनशील/अति प्रज्वलनशील पदार्थ ईन्धन भण्डारण रहेको स्थल, नागरिक उड्यन प्राधिकरणको कार्यालय र अन्तराष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउण्डमा समेतमा तोडफोड, आगजनी गरी गराई अपराधिक प्रवेश गरी घरमा रहेका नगद, जिन्सी सरसामानहरुमा क्षति पुर्‍याई, लुटपाट तथा अपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरुमा समेत आगजनी गरी आतङ्कित पारी तथा पार्न लगाई पूर्व योजना अनुसार संगठित तवरले अपराधिक घटना घटाएको' भनी पक्राउ गरेको जनाएको छ । 

उनीहरुलाई काठमाडौंको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिई विभिन्न कसूरमा काठमाडौँ जिल्ला अदालतबाट थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चैत १५, चैत १९ र चैत २० गते गरी अहिलेसम्म ६६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तो छ पक्राउ परेकाहरुको विवरण-

चैत १५ गते पक्राउ परेकाहरुको विवरणः 
राज्य विरुद्दको कसूर र संगठित अपराध सम्बन्धी कसूर अन्तर्गतः ११ (एघार) जना

१.        जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. १८ भैसेपाट्टी वस्ने वर्ष ५९ को रविन्द्र मिश्र ।
२.        जिल्ला बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं. १० बस्ने वर्ष ६२ को (सांसद) डा. धवल शम्शेर ज.व.रा. ।
३.        जिल्ला झापा, बुद्दशान्ति गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २९ को पुष्कर खतिवडा ।
४.        जिल्ला रुपन्देही, सैनामैना नगरपालिका वडा न. १ बनकट्टा स्थायी घर भई हाल काठमाडौं जिल्ला, तारकेश्वर न.पा. मनमैजु वस्ने वर्ष ३८ को गोपाल मल्ल ।
५.        जिल्ला लमजङ, सुन्दरबजार न.पा. वडा नं. १ स्थायी घर भई काठमाडौं जिल्ला तार्केश्वर न.पा. वडा नं. ६ वस्ने वर्ष ५५ को मनिन्द्र राजभण्डारी ।
६.        जिल्ला झापा, मेचिनगर न.पा. ७ जोरसिमल स्थायी घर भई जिल्ला भक्तपुर, मध्यपुर ठिमि न.पा. वडा नं. ५ वस्ने वर्ष ४२ को गोपिकृष्ण खड्का ।
७.        जिल्ला सुनसरी, बराहक्षेत्र न.पा. ५ लक्ष्मीपुर स्थायी घर भई हाल जिल्ला भक्तपुर, मध्यपुर ठिमि न.पा. वडा नं. ५ वस्ने वर्ष ४२ को सन्तोष चौधरी ।
८.        जिल्ला झापा, बिर्तामोड न.पा.४ मेगाबारी स्थायी घर भई हाल जिल्ला भक्तपुर, मध्यपुर ठिमि न.पा. वडा नं. ५ वस्ने वर्ष ५१ को राम कुमार धिमाल ।
९.        काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ बस्ने वर्ष ४१ को पशुपति खड्का ।
१०.        जिल्ला जुम्ला, तातोपानी गा.पा. वडा नं. ५ घर भई हाल का.जि. का.म.न.पा. वडा नं.३२ तिनकुने वस्ने वर्ष ४२ को हरिहर चौलागाई ।
११.        जिल्ला तनहुँ, व्यास न.पा. २ बस्ने वर्ष ३९ को विष्णु पराजुली ।

अपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसूर अन्तर्गतः ४१ (एकचालीस) जना (शुरुआती ११ जना माथि नै उल्लेखित । उनीहरुमाथि थप कसूर)

१.        जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. १८ भैसेपाट्टी वस्ने वर्ष ५९ को रविन्द्र मिश्र ।
२.        जिल्ला बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं. १० बस्ने वर्ष ६२ को माननीय (सांसद) डा. धवल शम्शेर ज.व.रा. ।
३.        जिल्ला झापा, बुद्दशान्ति गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २९ को पुष्कर खतिवडा ।
४.        जिल्ला रुपन्देही, सैनामैना नगरपालिका वडा न. १ बनकट्टा स्थायी घर भई हाल काठमाडौं जिल्ला, तारकेश्वर न.पा. मनमैजु वस्ने वर्ष ३८ को गोपाल मल्ल ।
५.        जिल्ला लमजङ, सुन्दरबजार न.पा. वडा नं. १ स्थायी घर भई काठमाडौं जिल्ला तार्केश्वर न.पा. वडा नं. ६ वस्ने वर्ष ५५ को मनिन्द्र राजभण्डारी ।
६.        जिल्ला झापा, मेचिनगर न.पा. ७ जोरसिमल स्थायी घर भई जिल्ला भक्तपुर, मध्यपुर ठिमि न.पा. वडा नं. ५ वस्ने वर्ष ४२ को गोपिकृष्ण खड्का ।
७.        जिल्ला सुनसरी, बराहक्षेत्र न.पा. ५ लक्ष्मीपुर स्थायी घर भई हाल जिल्ला भक्तपुर, मध्यपुर ठिमि न.पा. वडा नं. ५ वस्ने वर्ष ४२ को सन्तोष चौधरी ।
८.        जिल्ला झापा, बिर्तामोड न.पा.४ मेगाबारी स्थायी घर भई हाल जिल्ला भक्तपुर, मध्यपुर ठिमि न.पा. वडा नं. ५ वस्ने वर्ष ५१ को राम कुमार धिमाल ।
९.        काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ बस्ने वर्ष ४१ को पशुपति खड्का ।
१०.        जिल्ला जुम्ला, तातोपानी गा.पा. वडा नं. ५ घर भई हाल का.जि. का.म.न.पा. वडा नं.३२ तिनकुने वस्ने वर्ष ४२ को हरिहर चौलागाई ।
११.        जिल्ला तनहुँ, व्यास न.पा. २ बस्ने वर्ष ३९ को विष्णु पराजुली ।
१२.        जिल्ला स्याङ्जा, वालिङ्ग नगरपालिका वडा नं. १० अदाङ्दी बस्ने वर्ष ५१ को देब बहादुर थापा मगर ।
१३.        जिल्ला रौतहट, माधवनारायण नगरपालिका वडा नं. ३ बस्ने वर्ष २४ को राज ठाकुर ।
१४.        जिल्ला काठमाडौं, का.म.न.पा. बागबजार बस्ने वर्ष २५ को प्रसिद्द मल्ल ।
१५.        जिल्ला रुकुम, आरविसकोट नगरपालिका वडा नं. १२ बस्ने वर्ष २६ को विकास ओली ।
१६.        जिल्ला महोत्तरी, बर्दिबास नगरपालिका वडा न. ५ टुटेश्वर बस्ने वर्ष २७ को सुदर्शन थापा ।
१७.        जिल्ला खोटाङ, राउवाबेशी गा.पा. वडा नं १ बस्ने वर्ष ६३ को डा. राज कुमार राई ।
१८.        जिल्ला खोटाङ, दिप्रुङचुङ गा.पा. वडा नं ३ बस्ने वर्ष ५८ को भगवती रोक्का ।
१९.        जिल्ला उदयपुर, बेलका न.पा. वडा नं. १ घर भई हाल जिल्ला भक्तपुर, मध्येपुर ठिमी न.पा. वडा नं. ४ गाम्छा वस्ने वर्ष ३६ को नबिन ढकाल ।
२०.        जिल्ला सप्तरी, सप्तकोशी न.पा. वडा नं. १ घर भई जिल्ला भक्तपुर, मध्यपुर ठिमि न.पा. वडा नं. ४ गाम्छा वस्ने वर्ष ३० को आलोक पराजुली ।
२१.        जिल्ला रौतहट, औराया घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ३२ जडिबुटी बस्ने वर्ष १९ को ईरफान खान ।
२२.        जिल्ला सिन्धुपाल्चोक, त्रिपुरा सुन्दरी गा.पा. वडा नं. २ घर भई का.जि. बुढानिलकण्ठ न.पा. वडा नं. १० कपन वस्ने वर्ष ४९ को गणेश बहादुर गुरुङ ।
२३.        जिल्ला काभ्रेपलाञ्चोक, महाभारत गा.पा. वडा नं. ५ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक धुलीकेल न.पा.वडा नं. ४ खड्बु बस्ने वर्ष २३ को बिबेक खनाल ।
२४.        जिल्ला बारा, आदर्श कोतवाल गा.पा. वडा नं. १ घर भई हाल जिल्ला ललतिपुर, ललितपुर म.न.पा. वडा नं. २५ भैंसेपाटी वस्ने वर्ष ३० को उपेन्द्र साह  ।
२५.        जिल्ला मकवानपुर, थाहा न.पा. वडा नं. १० घर भई हाल का.जि. का.म.न.पा. वडा नं. १४ कलंकी वस्ने वर्ष २९ को कृष्ण कुमार वस्नेत ।
२६.        जिल्ला चितवन, भरतपुर म.न.पा. वडा नं. ४ वस्ने वर्ष ४९ को जिवन पुरी ।
२७.        जिल्ला कैलालि, बर्दगोरिया गा.पा. वडा नं. १ घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ११ बबरमहल वस्ने वर्ष १९ को गणेश प्याकुरेल  ।
२८.        जिल्ला दोलखा, भिमेश्वर न.पा. वडा नं. ३ घर भएको वर्ष १९ को सरुन थापा ।
२९.        जिल्ला काठमाडौं, दक्षिणकाली न.पा. वडा नं. ८ घर भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं. ६ बस्ने वर्ष २९ को श्रवण लामा ।
३०.        जिल्ला रामेछाप, दोरम्बा गा.पा. वडा नं. ३ घर भई हाल जिल्ला ललितपुर, ललितपुर  म.न.पा. वडा नं. ६ वस्ने वर्ष २० को स्टन लामा ।
३१.        जिल्ला नुवाकोट, विदुर न.पा. वडा नं. ६ घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ३२ कोटेश्वर बस्ने वर्ष ४४ की शुशिला कुमाल ।
३२.        जिल्ला सिन्धुपाल्चोक, साँगाचोकगढी न.पा. वडा नं. ८ घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ३२ कोटेश्वर वस्ने वर्ष ३८ की निर्मला कार्की ।
३३.        जिल्ला सुनसरी, धरान उप-महानगरपालिका वडा नं. २ घर  भई हाल का.जि. का.म.न.पा.वडा नं. ३२ कोटेश्वर वस्ने वर्ष ४२ की ऐलिसा राई ।
३४.         जिल्ला सुर्खेत, भेरीगंगा न.पा. वडा नं. १३ घर भई हाल जिल्ला ललितपुर, गोदावरी बस्ने वर्ष ३२ को भबिन्द्र बि.सी. ।
३५.        जिल्ला धादिङ, धुनीबेसी गाउँपालिका वडा नं. ७ घर भई हाल का.जि. चन्द्रागिरि न.पा. वडा नं. ३ बस्ने वर्ष २९ को आशिष तामाङ ।
३६.        जिल्ला गुल्मी, सत्यावती गा.पा. वडा नं. ६ घर भई हाल का.जि. गंगोबु बस्ने वर्ष ३४ की लिला राणा ।
३७.        जिल्ला सिन्धुली, तिनपाटन गा.पा. वडा नं. ७ घर भई हाल का.जि. का.म.न.पा.वडा नं. ३२ कोटेश्वर वस्ने वर्ष १९ की चित्रमाया बस्नेत ।
३८.        जिल्ला सिन्धुली, तिनपाटन गा.पा. वडा नं. ७ घर भई हाल का.जि. का.म.न.पा.वडा नं. ३२ कोटेश्वर वस्ने वर्ष १९ की सस्मिता बराल  ।
३९.        जिल्ला बझाङ, खपतडछान्ना गा.पा. वडा नं. २ घर भई हाल का.जि. बुढानिलकण्ड न.पा. ११ बस्ने वर्ष २८ को निराजन गिरी ।
४०.        जिल्ला दोलखा, शैलुङ गा.पा. वडा नं. ३ घर भई हाल का.जि. का.म.न.पा. ३२ बस्ने वर्ष ३२ को प्रेध बहादुर ।
४१.        जिल्ला कालीकोट, महावई गा.पा. वडा नं. ६ स्थायी घर भई हाल जिल्ला ललितपुर, ल.पु. म.न.पा. वडा नं. ५ कुमारीपाटी बस्ने वर्ष ३२ को मनिष कुमार शाही ।

चैत १९ गते पक्राउ परेका १८ जनाको विवरणसहितः
थप १८ (अठार) जनालाई काठमाडौंको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिई निम्नानुसारको कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन ३ (तीन) को मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भईरहेको ।
पक्राउ परेका प्रतिवादीहरुः
राज्य विरुद्दको कसूर र संगठित अपराध सम्बन्धी कसूर अन्तर्गतः ८ (आठ)

१ जिल्ला काठमाण्डौ बु.न.पा.-८ बस्ने वर्ष ५९ को कुमार बस्नेत ।
२ जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. ६ घर भई बस्ने वर्ष ५५ को अनिल कुमार थापा ।
३ जिल्ला झापा कमल गा.पा.३ वतन भएका वर्ष ४६ को तारानाथ बोहरा ।
४ जिल्ला झापा दमक न.पा.७ वतन भएका वर्ष ४३ को दान बहादुर न्यौपाने ।
५ जिल्ला झापा दमक न.पा.७ वतन भएका वर्ष ३८ को उमेश तामाङ ।
६ जिल्ला झापा दमक न.पा.७ वतन भएका वर्ष ३९ को भानुभक्त पौडेल ।
७ जिल्ला ललितपुर लपु.न.पा.-७ बालकुमारी बस्ने वर्ष ४० को बिष्णु जंग बस्नेत ।
८ जिल्ला झापा घर भई हाल का.जि.का.म.न.पा.९ बस्ने वर्ष ४३ को देबीप्रसाद संग्रौला ।

अपराधिक उपद्रव कसूर अन्तर्गतः १० (दश) जना

१ जिल्ला काठमाडौँ का.म न.पा.१३ बस्ने वर्ष ४१ को लोक बहादुर बस्नेत ।
२ जिल्ला सिन्धुपाल्चोक बलेफि गा.पा.३ वतन भएकी सरिता के.सी ।
३ जिल्ला झापा बुद्दशान्ती गा.पा.४ तन भएकी सिता देबी राई ।
४ भारत देश बैशाली हुसेनाकर्द पंचायत घर भई का.जि.का.म.न.पा.३२ बस्ने वर्ष २० को रबि रन्जन कुमार सिंह ।
५ जिल्ला धनुषा ढल्लकेवार न.पा.६ घर भई का.जि.का.म.न.पा.३२ बस्ने वर्ष १९ को आशिक कुमार महतो ।
६ जिल्ला सर्लाही बररथहवा न.पा.१६ हाल का.जि.का.म.न.पा.३२ बस्ने वर्ष २३ को प्रेम कुमार सिंह ।
७ जिल्ला सिरहा लाहान न.पा.२ घर भई हाल का.जि.का.म.न.पा.३२ बस्ने वर्ष २० को राधेश्याम यादव ।
८ जिल्ला सप्तरी बलानबिहुल गा.पा.२ घर भई हाल का.जि.का.म.न.पा.३२ बस्ने वर्ष १८ को बरण यादव ।
९ जिल्ला सर्लाही रामनगर गा.पा.२ घर भई हाल का.जि.का.म.न.पा.३२ बस्ने वर्ष १८ को गोबिन्द राय ।

२० गते पक्राउ परेका ७ जनाको विवरणसहितः
थप ७ (सात) जना प्रतिवादीहरुलाई काठमाडौंको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिई मिति : २०८१।१२।२० गते  निम्नानुसारको कसूरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ७ (सात) को मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भईरहेको ।

पक्राउ परेका प्रतिवादीहरुः
राज्य विरुद्दको कसूर र संगठित अपराध सम्बन्धी कसूर अन्तर्गतः १ (एक) जना
जिल्ला रुपन्देही, देबदह न.पा. ९ घर भएका वर्ष ४७ को प्रेम थापा मगर । 
अपराधिक उपद्रव कसूर अन्तर्गतः ६ (छ) जना
जिल्ला झापा, गौरादह न.पा.१ गौरादह घर भएका वर्ष २१ को समिर मगर ।
जिल्ला रामेछाप, सुनापाति गा.पा.१ घर भएका वर्ष २२ को सुरेश गौतम ।
जिल्ला ताप्लेजुङ, फुलुङ न.पा. ३ घर भएका वर्ष २३ को सुशिल बराल ।
जिल्ला नुवाकोट, बेलकोटगढि न.पा. ७ घर भएका वर्ष २७ को रमेश राई ।
जिल्ला अछाम, पंचदेवल न.पा. घर भएका वर्ष २० को गोकर्ण शाही ।
जिल्ला संखुवासभा, पाचँखपन न.पा. २ घर भई हाल का.जि. कागेश्वरी मनोहरा न.पा. ९ घर भई बस्ने वर्ष ३९ को मुकुन्द दहाल ।
१० जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा.४ घर भई हाल का.जि.काडाँघारी बस्ने वर्ष २७ को दिनेश खड्का ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ