arrow

ओली र मोदीबीचको भेट सौहार्दपूर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
oli-modi-81-12-22.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताएका छन् । थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा मोदीसँग शुक्रबार भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको उनले बताएका हुन् । 

“हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौँ”, भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, “बिमस्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ ।”

ओलीको भारत भ्रमण हुन नसकिरहेका बेलामा मोदीसँग बैङ्ककमा भएको भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ । 

यो भेटले धेरै अर्थमा सकारात्मक सन्देशसमेत दिएको छ । बिमस्टेक छलफलका क्रममा पनि मोदी र ओली सँगसँगै नै रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ