arrow

प्रधानमन्त्रीले गरे धारा उद्घाटन, गिलासमा पानी भर्दै भने–चितवनमा थामिनसक्नु विकास

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
PM-ko-bikas.jpeg

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको समग्र विकासको प्याकेज छिट्टै ल्याउने बताएका छन् । मंगलबार मेघौलीमा रहेको साना शहरी खानेपानी आयोजनाको उद्घाटनमा  प्रधानमन्त्रीले चितवनमा दु्रत गतिको विकास गर्ने आश्वासन दिएका हुन् ।  

नयाँ धाराको टुटी खोलेर बन्द गरेपछि प्रधानमन्त्री दाहालले भने, ‘बन्यजन्तुको आक्रमणबाट संरक्षणका लागि तारजालीको व्यवस्था गरिनेछ । मेघौली एयरपोर्ट पून सञ्चालनको व्यवस्था गरिनेछ । नारायणगढ—गोलाघाट मोटरबाटो र गोलाघाट पुल निर्माणमा मेरो गम्भीर ध्यान गएको छ ।

ठोरीदेखि केरुङसम्म जोड्ने बाटो निर्माणका लागि सरकारको तर्फबाट पहल भइरहेको छ । चितवनको विकासका निम्ति सधैं साथमा छु, छिट्टै चितवनको विकासको प्याकेज ल्याउनेछु ।’ चितवनमा अब थामिनसक्नु विकास हुन्छ ।

खानेपानीको हक जनताको मौलिक हक भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘खानेपानीको समस्या नेपालको आधारभूत समस्या हो । यसमा पछिल्लो समयमा सुधार आएको छ । संविधानमा खानेपानीलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । यसको व्यवहारिक कार्यान्वयन अहिलेको मूख्य दायित्व हो । यस्ता आयोजनाहरुले त्यस्तो व्यवस्थाको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।’

कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेल, भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डे, सांसद रुक्मिनी चौधरी, पूर्व उपप्रधानमन्त्री अमिक शेरचन लगायत  उपस्थित थिए । मेघौली खानेपानीको उद्घाटन अघि प्रधानमन्त्रीले गोलाघाटमा रहेको निर्माणाधीन गोलाघाट पुलको स्थलत निरीक्षण गरे ।

स्थलगत निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले भने, ‘गोलाघाट पुल सरकारको प्राथमिकतामा छ । निकुञ्जको प्राविधिक कारणले पुल निर्माणमा ढिलाई भएको सूचना पाइएको छ । म यहाँबाट फर्केलगत्तै सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरुलाई बोलाएर छिटै पुल निर्माणमा तिब्रता दिनेछु । पुल निर्माण छिटै सम्पन्न हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ