काठमाडौँमा सहकारी र लघुवित्त पीडितहरूको प्रदर्शन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
637
Shares
काठमाडौँ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गरेका हुन् ।
सहकारी पीडितहरूले शीतल निवास अगाडि नै धर्ना दिने उद्देश्य बनाए पनि प्रहरीले निषेधित क्षेत्र तोड्न दिएन । उनीहरूले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरूको बचत अपचलन गर्ने ठगहरू विश्वासघातीहरूको सात पुस्ते कम्पनी जफत गरेर शीघ्र पीडितहरूलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नालायक सरकार हो ।
सहकारीको पौने ३ खर्ब रुपैयाँ खाने र सहकारीमार्फत ठगी र सङ्गठित अपराध गर्न विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन् जस्ता प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् ।