arrow

पैँसठ्ठी नाघेका, अवकाश पाएका र पूर्व मुख्यसचिवलाई कुनै पनि पदमा नियुक्त नगरौँ – राजभण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
divyamani-rajbhandari5.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता दिव्यमणी राजभण्डारीले सरकारले सुशासनको अनुभूति दिन छाडेको बताएका छन् । उनले सुशासन कायम राख्न निर्वाचित पद बाहेक सबै नियुक्ति र मनोनयन हुने पदहरु ६५ वर्ष उमेर ननाघेका गर्न पनि सुझाव दिएका छन् । 

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले मापदण्ड संशोधन गरेको र त्यसलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरकालीन आदेश जारी गरेपछि सामाजिक सञ्जालमा लेख्दै कांग्रेस पूर्व सांसद राजभण्डारीको उक्त अभिव्यक्ति आएको हो ।  

उनलेअवकाश पाएको दुई वर्षसम्म कुनै पदमा नियुक्ति खान नपाइने नियम राख्नसमेत माग गरेका छन् । 

त्यस्तै उनले पूर्व मुख्यसचिवले पनि न्यायाधीश सरह कुनै पनि पदमा नियुक्त हुन नपाउने व्यवस्था गर्न माग गरेका छन् । 

उनले लेखेका छन्, 'सुशासनको अनुभूति दिन आइन्दा निर्वाचित पद बाहेक सबै नियुक्त र मनोनयन हुने पदहरु ६५ वर्ष नाघेका र कुनै पदबाट अवकाश पाएका दुई वर्षसम्म कुनै पदमा पुनः नियुक्ति नपाउने र पूर्वमुख्य सचिव पनि न्यायाधीश सरह कुनै पदमा नियुक्ति हुन नपाउने ब्यवस्था गरौँ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ