arrow

सरकारले दिने सार्वजनिक विदा हेरफेर गर्न गृहलाई एक महिनाकाे समय

पृथ्वी जयन्तीले पारेको प्रभाव

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
news-aaja-new.jpeg

काठमाडौं । सरकारले राष्ट्रिय विदा पुनरावलोकन गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्व र विभिन्न अवसरमा दिइँदै आएको बिदामा पुनरावलोकन गर्ने निर्णय गरेको हो ।

बैठकले गृह मन्त्रालयलाई राष्ट्रिय बिदाको पुनरावलोकन गर्न एक महिनाको समय दिइएको छ । कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार कुन पर्वमा बिदा दिने, कुनमा नदिने, कुनलाई आञ्चलिक बिदा दिने, कुन पर्वका अवसरमा राष्ट्रिय बिदा दिने भन्ने विषयमा गृह मन्त्रालयले प्रतिवेदन तयार पार्नेछ ।

गृहमन्त्रालयले आउँदो माघभित्र बिदाको पुनरावलोकन प्रतिवेदन तयार पारिसक्ने सञ्चारमन्त्री कार्कीले जानकारी दिए । पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा बिदा दिनुपर्ने र दिन नहुने बहस चर्कीएपछि सरकारले बिदाको पुनरावलोकन गर्ने निर्णय गरेको हो । पृथ्वी जयन्तीका दिन दिइने बिदा २०६२–०६३ सालको जनआन्दोलनपछि बनेको सरकारले कटौती गरेको थियो ।

यस्तै, मन्त्रिपरिषद्ले भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुःनिर्माणका लागि करारमा कर्मचारी नियुक्तिकाृ अनुमति दिने निर्णय पनि गरेको छ । नियुक्त गरिएका कर्मचारीहरुको करार अवधि एक वर्षको हुने पनि प्रवक्ता कार्कीले जानकारी दिए । केही साता अघि मात्रै पुनःनिर्माणमा विभन्न जिल्लामा खटिएका ११ सय बढी प्राविधिक इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका थिए भने साढे २ सयले जागिर छोडेर हिँडेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ