arrow

खेलवाडको उपचार, प्रमाणपत्र नभएकैले जाँच्छन् विरामी

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ पुष २७ बुधबार
news-rolpa-news.jpeg

रोल्पा । रोल्पामा स्वास्थ्य क्लनिकले सम्बिन्धित सेवाको प्रमाणपत्र र दक्ष शनशक्ति विनै विरामीको चेकजाँच गर्ने गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाले मंगलबार जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा मेडिकलहरुमा अनुगमन गर्दा यस्तो भेटिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अनुनय बास्तोला नेतृत्वको अनुगमन टोलीले केही स्वास्थ्य संस्था तथा मेडिकलहरुमा अनुगमन गरेको हो ।

यसरी अनुगमन गर्ने क्रममा भिडियो एक्सरे गर्ने प्राविधिकको प्रमाण पत्र नभएको, अस्पताल जन्य फोहर पदार्थहरु विसर्जन गर्ने उचित प्रबन्ध नभएको, डाक्टरको मेडिकल काउन्सिलको दर्ता नविकरण नभएको, चिकित्सक लगायत अन्य स्टाफहरुको नियुक्ति सम्झौता तथा तलबि भर्पाइ नभएको, विरामी भर्ना कक्ष साँघुरो भएको, फार्मेसीको प्रमाणपत्र बाहिर देखिने ठाउँमा नराखिएको, एक जनाको नाममा मेडिकल दर्ता गरी अर्काे व्यक्तिको नाममा संचालन गर्दै आएको तथा व्यवसायीले अनुगमन टोलीलाई माग भए बमोजमका आवश्यक कागजत्रहरु देखाउन अटेरी गरेको पाइएकोे छ ।  

यि गतिविधि दोहोरिन नदिन अनुगमन टोलीले विभिन्न चेतावनी दिएको टोली संयोजक बास्तोलाले जानकारी दिए ।  उनले भने, ‘व्यवसायीलाई यी कमी कमजोेरी दोहोरिन नदिन सुझाव पनि दिएका छौं ।’ स्थायी–अस्थायी लेखा नम्बर नभएकालाई १० दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिइएको बास्तोलाको भनाई छ । कागजातहरु उपलब्ध गराउन नसके १० दिनभित्र सेवा बन्द गर्ने चेतावनी दिइएको संयोजक बास्तोलाले बताए ।  

अनुगमनमा जिल्ला स्वास्थ्य प्रमुख भवानीप्रसाद शर्मा, जिल्ला विकास समिति रोल्पाका प्रतिनिधि रामकुमार न्यौपाने, कोष तथा लेखा नियन्त्रक कार्यालय रोल्पाका प्रतिनिधि हिमाल घर्ती, घरेलु तथा साना उद्योग विकास समितिका प्रतिनिधि नीता शर्मा, उद्योग बाण्ज्यि संघ रोल्पाका प्रतिनिधि केशबकुमार आचार्य उपभोक्ता मञ्चका अध्यक्ष मोहन परियार लगायत सभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ