arrow

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका विषय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
rsp-office-rastriya-swatant.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैछ । कार्यवाहक सभापति डीपी अर्यालले बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

 बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी गराए ।

उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुने जनाइएको छ । त्यस्तै  रिपार्टिङ अन्तर्गत जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरणलगायत विषय हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ