arrow

हलगोरु पाल्ने किसानलाई अनुदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
goru-.jpg

गण्डकी । पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु १० हजार अनुदान प्रदान गरेको छ ।

महानगरपालिका क्षेत्रमा हलगोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको  महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । 

पोखराको भूबनोटका कारण सबै ठाउँमा ट्याक्टर प्रयोग गर्न नसकिने भएकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिइएको उनले बताए ।

गत भदौमा अनुदानसम्बन्धी सार्वजनिक सूचना जारी गरिएकामा ५७० जनाले आवेदन गरेका थिए । 

महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम प्रदान गर्न थालेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ