arrow

घरैमा पुगेर सरकारी सेवा

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ पुष २७ बुधबार
nplogo.png

तेह्रथुम । इलाका प्रशासन कार्यालय संक्रान्तिबजार तेह्रथुमले पूर्ण अपाङ्गता भएका एकै परिवारका दुई जनालाई घरैमा पुगेर नागरिकता प्रदान गरेको छ । कार्यालय प्रमुख सफल पोर्तेल सहितको एक टोलीले मंगलबार संक्रान्तिबजार–९ बस्ने पूर्ण अपाङ्ग २१ वर्षे नरेन्द्र चिमरिया र उनकी दिदी २८ वर्षे सीतादेवी चिमरियालाई नागरिकता वितरण गरेको हो ।

यस्तै ९० वर्षे नरेन्द्रकी हजुरआमा पवित्रादेवीलाई पनि सामाजिक सुरक्षा भत्ताकालागि नेपाल बंगलादेश बैंकको संक्रान्तिबजार शाखा प्रबन्धक टंक लिम्बुले खाता खोलि दिएका छन् । दुई अपाङ्ग दिदीभाईको जन्म दर्तासमेत नहुँदा यसअघि सरकारले दिने सेवा सुविधाबाट बञ्चित थिए । सो खबर पाएपछि घरैमा गएर जन्मदर्तासँगै नागरिकता समेत दिइएको संक्रान्तिबजार उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम पौडेलले बताए ।

टोलीमा काँग्रेस गाउँ सभापति भोला काफ्ले, मालपोत संक्रान्तिबजार शाखा प्रमुख कुलप्रसाद दाहाल, शशस्त्र प्रहरी बेस क्याम्प प्रमुख देबेन्द्रबहादुर थापा, गाबिस सचिव चित्रकुमार भट्टराई लगायत सहभागि थिए । बैंक मार्फत मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था भएपछि जिल्ला विकास समितिले संक्रान्तिबजार लगायत ७ गाविसलाई नेपाल बंगलादेश बैंकबाट भत्ता वितरण गर्ने व्यवस्था गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ