काठमाडौँ । नेपाली कांग्रेसका सभाति शेरबहादुर देउवा थाइल्याण्ड भ्रमणमा गएका छन् । आफू विदेश भ्रमणमा गएसँगै देउवाले पार्टी कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् ।
कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्किएसम्मका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ ।