arrow

स्याङ्जामा दुई प्रहरी चौकी उदघाटन

गृह सचिव सहित सुरक्षाका प्रमुख स्याङ्जामा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ पुष २८ बिहिबार
syangja-police.jpeg
स्याङ्जा । स्याङ्जाको ग्रामिण क्षेत्रमा निर्माण भएका नेपाल प्रहरीका दुई चौकी उदघाटन गरिएको छ । नेपाल सरकारका गृह सचिव लोकदर्शन रेग्मीले सेतीदोभान र केवरेभञ्याङ प्रहरी चौकी उदघाटन गरेका हुन् । तिन ओटै सुरक्षा निकायका प्रमुख सहित स्याङ्जा आएका गृह सचिव रेग्मीले दुई प्रहरी चौकी उदघाटन सहित गल्याङ प्रहरी चौकीको भवन निर्माणका लागि शिलन्यास समेत गरेका छन् । 
 
सशस्त्र द्धन्दका बेला ध्वस्त भएका प्रहरी चौकीको शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको आर्थिक सहयोगमा निर्माण गरिएको थियो । प्रहरी चौकीको निर्माण सगै प्रहरीलाई शान्ति सुरक्षामा काम गर्न सहज हुने गृह सचिव रेग्मीले बताए । समाजमा हुने अपराधिक क्रियाकलापमा जसले खलल पुर्‍याउछ त्यस्ता अपराधीहरुलाई तुरुन्त नियन्त्रणमा लिएर शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न पनि आफ्ना मातहतका संगठनहरुलाई निर्देशन समेत दिए । चौविसै घण्टा नागरिकलाई सुरक्षा दिनेकाम प्रहरीको हो गृह सचिव रेग्मीले भने,“नागरिक सगँ हातेमालो गर्दै नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउनु प्रहरीको कर्तव्य हो ।” जव सम्म नागरिकले सुरक्षाको प्रत्याभुति पाउने छन् सबै व्यावसायी, विद्यार्थी, राजनीतिकदल सबै फस्टाउने छन् रेग्मीले थपे । 
 
प्रहरी चौकीको उदघाटन कार्यक्रममा सुरक्षा निकायका तिन ओटै अंगका प्रमुखहरुको सहभागिता रहेको थियो । भवन उदघाटनमा नेपाल प्रहरीका प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले अझै समाजमा अपराधीक क्रियाकलाप बढ्ने अनुमान रहेको बताएका छन् । विकासको गति सगै अपराधिक गतिविधिहरु पनि बढ्ने भएकाले यस्ता विषयलाई निरुत्साहीत पार्न नागरिक र प्रहरीको सहकार्यता आवश्यक रहेको अर्यालको भनाई थियो । प्रहरी मेरो साथी हो भन्ने भावना राखौ महानिरिक्षक अर्यालले भने,“समाजमा घटेका सुचना नागरिकले नलुकाई प्रहरी समक्ष पु¥याउन सकेमा अपाराधिक गतिविधिमा कमी आउने छ ।”
 
सुरक्षा निकायको बाक्लो सहभागिता रहेको स्याङ्जामा गृह सचिव पहिलो पटक तिनओटै सुरक्षा निकायका प्रमुखलाई लिएर स्याङ्जा आएका थिए । शसस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राईले दुई प्रहरी संगठनले मुलुकको शान्ति सुरक्षालाई सवल बनाउन महत्वपूर्ण भुमिका खेलेको बताए । नेपाल प्रहरीले अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने काम गरेको छ भने शसस्त्रले सिमा सुरक्षा देखि ठुलो सुरक्षाका निम्ति भुमिका खेल्दै आएको राईको भनाई थियो ।
मुख्य अनुसन्धान निर्देशक दिलिप राज रेग्मीले मुलुकमा निर्माण भएको संविधान कार्यन्वयन गर्दै मुलुकलाई शान्तिको दियो बाल्नु पर्ने बताएका थिए ।
 
 शान्ति तथा पुन निर्माण मन्त्रालयबाट १ करोड ३५ लाख १० हजार २ सय २० मा सेतिदोभान चौकी निर्माण भएको थियो । १३ कोठा रहेको सेतिदोभान प्रहरी चौकीले तिन गाविसको शान्ति सुरक्षालाई हेर्ने गरेको छ । यता केवरेभञ्याङ प्रहरी चौकी १ करोड २१ लाख ८ सय रुपैयामा निर्माण गरिएको थियो । यो चौकीले केवरेभञ्याङ र जगतभञ्याङ गाविसको सुरक्षा अवस्था हेर्ने काम गर्दै आएको छ । सुविधा सम्पन्न भवन निर्माण भएपछि प्रहरीले गर्ने सेवामा फरक पन देखिन सकिने अपेक्षा स्थानीयहरुले राखेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ