परिमार्जनसहित संशोधन प्रस्ताव पारित हुनुपर्छ : गच्छदार
झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर पनि अलग गर्नु पर्ने धारणा
प्रकाशित २०७३ पुष २८ बिहिबार
1.6k
Shares
विराटनगर । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारलाई नेता गञ्छदारले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा संशोधनको प्रस्ताव मौन रहेकाले सो प्रस्ताव अधुरो र अपुरो रहेको बताए ।
‘आठ प्रदेश बनाउने सम्बन्धमा विगतमा भएका सहमतिलाई प्रमुख तीन दलले तोडेकाले समस्या सिर्जना भएको बताउँदै गच्छदारले सीमाङ्कनको विषय राजनीतिक भएकाले दलहरूबीच सहमति आवश्यक रहेकामा जोड दिए । रासस