पहलगाम आक्रमणका मास्टरमाइन्ड पूर्व पाकिस्तानी कमान्डो मुसा
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
2.1k
Shares
काठमाडौँ । भारतको जम्मू–कश्मीरस्थित पहलगाम पर्यटक आक्रमणका मुख्य मास्टारमाइन्ड पाकिस्तानी पूर्व कमान्डो रहेको खुलेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानका पूर्व एसएसजी कमान्डर हाशिम मुसाले उक्त घटना गराएका हुन् ।
मुसा हाल आतंकवादी समूह लश्कर–ए–तैयबाका लागि काम गरिरहेका छन् । लस्करले नै उनलाई जम्मू–कश्मीर खटाएको थियो । उनीमार्फत नै सुरक्षा बल र गैर–कश्मीरीमाथि हमलालाई निष्कर्षमा पुर्याउन लगाइएको थियो ।
गत २२ अप्रिलमा एक नेपालीसहित २७ हिन्दूधर्मीलाई मुसाको समूहले गोली हानेर मारेको थियो ।
मुसाले गांदरबालको गगनगीरमा अक्टोबर २०२४ मा हमला गरेर निष्कर्ष दिएका थिए । उक्त घटनामा कयौँ मजदुर र एक स्थानीय चिकित्सकको मृत्यु भएको थियो ।
बारामुला आक्रमण पनि मुसाले नै गराएका थिए । जसमा २ सेनाको ज्यान गएको थियो ।