arrow

सिमल तरुल बेचेर सय मन धान किन्ने तामाङ समुदायको रहर

logo
गोपाल प्रसाद पोखरेल,
प्रकाशित २०७३ पुष २९ शुक्रबार
Simal-Tarul.jpeg
पथरी (मोरङ)। मोरङको पथरीशनिश्चरे–१२ का धनबहादुर तामाङलाई माघे सङ्क्रान्ति आउनै लाग्दा सिमल तरुल बेच्न भ्याइनभ्याई छ । सिँचाइ नहुने एक बिघा पाखोबारी लिजमा लिएर व्यावसायिक रुपमा सिमल तरुलको खेती लगाएका छन् । उनका अनुसार माघे सङ्क्रान्तिमा तरुलको माग थेग्न नसक्ने हुन्छ । 
 
तरुलको उच्च माग हुने बेलामा आफ्नो उत्पादन सकिने उहाँको भनाइ छ । चार वर्षयता निरन्तर तरुल खेती गरिरहेका भण्डारीले खेती लगाएको पहिलो वर्ष (२०७०) साल मा रु एक लाख ५५ हजारको तरुल बिक्री गरेको बताए । 
 
२०७१ सालमा हौसिएर व्यवसायमा लागेका तामाङले सो वर्षमा रु एक लाख ६५ हजार हात पारे । २०७२ मा उत्पादन अलि घट्यो । माग बढेपनि मूल्य चार वर्षयता स्थिर छ । उनी भछन्, “गत वर्ष ९१ क्विन्टल सिमल तरुल उत्पादन भएछ । बजारबाट ट्याक्टर आएर प्रतिकेजी रु १५ का दरले आफ्नै बारीबाट तरुल किनिदिएपछि उनले खर्च कटाएर रु एक लाख आम्दानी गरे । 
 
अर्काको जग्गा लिजमा लिएर खेती गर्दै आएका तामाङ जग्गाको वार्षिक रु २६ हजार भाडा तिर्छन् । विगत वर्षमा त्यही जग्गामा लगाएको कोदो, फापर र रहर दालले तामाङलाई वर्षभरि खाने अन्न जोहो गर्न धौधौ हुने गथ्र्यो । 
 
तर, तरुल खेती गर्न थालेपछि आफ्ना दिन फेरिएको उहाँको भनाइ छ । निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीमा प्रवेश गरेयता तामाङले सिमल तरुल बेचेर सय मन धान किन्ने रकम जम्मा गर्न थालेका छन् । तामाङ भन्छन्–“धान नफल्ने खेतमा पनि उत्पादन हुने बालीको पहिचान गर्न जान्दा धानबाट भन्दा बढी आम्दानी लिन सकिने रहेछ ।” 
 
“पहिले पहिले आफैँलाई खानका लागि मात्र लगाइन्थ्यो, तर बजारको माग उच्च भएपछि व्यावसायिक खेती सुरु गरेको हुँ”, उनले भने । साबिक शनिश्चरे गाविसको दोहुलु क्षेत्रमा सिंचाइँको सुविधा छैन, पानी आकासकै भरमा मात्र । त्यसैले सिँचाइबिना पनि उत्पादन गर्न सकिने नगदेबाली लगाएको तामाङको भनाइ छ । 
 
तामाङले विगत चार वर्षदेखि सिमल तरुलको खेती गर्दै आएका हुन्। तर सबै बाली चुस्स चुस्स लगाउँदा काम गर्न पनि गाह्रो र आम्दानी लिन पनि कठिन भएपछि उनले गत वर्षदेखि ‘एक किसान एक बाली’ अभियानमा लागेका हुन् । तामाङले पाखोबारीमा सिमल तरुल खेती गरेर राम्रो आम्दानी गरेको देखेपछि शुक्रबारे गाउँका हुकुमबहादुर थापाले चार कट्ठा जग्गामा सिमल तरुल खेती सुरु गरेका छन् । 
 
पाँच÷सात वर्षअघिसम्म गरिब दुःखीले छाक टार्न र खाजा खान प्रयोग हुँदै आएको सिमल तरुलको काठमाडौँ, पोखरा लगायतका बजारबाट माग उच्च हुन थालेपछि पथरीशनिश्चरे–१२ दोहलु र शुक्रबारेका करिब डेढसय किसानले अहिले सिमल तरुलको व्यावसायिक खेती सुरु गरेका हुन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ