arrow

साझा यातायात चढ्दा अब छुटैछुट, कुन रुटमा कति छुट (सूचीसहित)

logo
प्रकाशित २०७३ पुष २९ शुक्रबार
sajha-yatayat-buses-30.jpeg
काठमाडौँ । साझा यातायातले सेवाग्राहीहरुलाई आफ्नो सेवामा भारी छुट दिएको छ । यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै साझाले आफूले सञ्चालन गरेको बसहरुमा एक सय रुपैयाँ सम्म छुट दिने तयारी गरेको यातायातले जनाएको छ । उसले लामो दुरीमा चल्ने गाडीमा २० प्रतिशत छुट दिने गरेको हो । 
 
शनिबारदेखि लागू हुने गरी ल्याईएको यो योजनामा साझाले उपत्यका बाहिरका काठमौँबाट– वीरगन्ज, भैरहवा र पोखरा बागलुङ रुटमा चल्ने गाडीमा रु २० प्रतिशत भाडा घटाएको हो । 
 
साझाका अनुसार नयाँ कायम गरिएको भाडादरमा काठमाडौँदेखि वीरगन्जसम्म यसअघिको ४ सय ९०  रुपैयाँबाट घटाएर ३ सय ९२, भैरहवाको ५ सय १० बाट ४ सय ८ र पोखराको ३ सय ९० बाट ३ सय १२ कायम गरिएको छ । साझाले २०७० वैशाखदेखि १६ वटा र २०७३ मङ्सिर १२ गतेदेखि ३० वटासमेत गरी ४६ वटा बसमार्फत काठमाडौँ उपत्यकामा सेवा पु¥याउँदै आएको जनाएको छ । 
 
सेवाग्राहीलाई विशेष लाभ दिने उद्देश्यले सरकारले तोकेको भाडादरमा अर्को सूचना जारी नहुँदासम्म २० प्रतिशत छुट गरी भाडा समायोजन गरिएको साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए । 
 
साथै साझाले दसैँको अवसरमा गत असोज १६ गतेबाट उपत्यका बाहिरका चार गन्तव्यमा सेवा सुरु गरेकोमा काठमाडौँदेखि गोर्खा रुटमा चल्ने बससेवा विशेष कारणवस हालका लागि स्थगित गरिएको विज्ञप्तिमार्फत जनाएको छ । साझाले उपत्यका बाहिरका चार रुटमा आठवटा बस सञ्चालन गर्दै आएको थियो । आगामी दिनमा सेवा विस्तार गरी सुविधान सम्पन्न बस थप्ने तयारी भएको साझाले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ