विगतमा हाम्रा हजुरबुबालाई गोर्खा जिल्लामा तीन जना धनाड्यमध्ये एक जनाको रुपमा गणना गर्थे भन्ने रहेको छ । सामान्य रुपमा आज ७७ जिल्ला भएको नेपालमा एक जिल्लाको ३ जना भित्र गणना हुँला हाम्रो नम्बर पनि २३१ जना धनाड्यमध्येमा पर्ला भन्ने लाग्छ।
त्यतिबेला हाम्रा हजुरबुबाले चढेको घोडा हेर्नका लागि मानिसहरु पर्खिएर बस्थे भनेर भनिन्छ। हजुरबुबाको बारेमा गुनगान गर्नु पर्छ भन्ने मेरो सोचाइ रहेको छ। हजुरबुबाले मेरो हरेक महिनाका सपनीमा पनि झस्काउने पिताजीलाई जन्म दिए ।
पिताजी भगवानलाई पनि नैतिक शिक्षा दिन सक्ने तहमा हुनुहुन्थ्यो । उहाँले मलगायत हाम्रो घरमा अन्य ३ जनालाई जन्म दिनुभयो। म जेठो सन्तानको रुपमा जन्मिएर हामी मानव विकासको क्रममा अपरिहार्य केही मात्रामा सकारात्मक प्रभाव दिने अवस्थामा विगत देखिनै थियौँ । हजुरबुबाले भन्नुहुन्थ्यो, श्रीनाथकोट भनेको ऋषिमुनि र भगवानले बास बस्ने भूमि हो र यो भूमिलाई चित्त नबुझेमा जहिल्यै अनिष्ठ हुने बारेमा भन्नुहुन्थ्यो ।
हजुरबुबाको परमधामको यात्रा पश्चात नेपालमा कोही एक जना सोझा अनि सज्जन व्यक्ति जन्मिएका थिए भने उहाँ पिताजी हुनुहुन्थ्यो। उहाँको पनि परलोक भए पश्चात मेरो कहीँ गुनासो गर्ने ठाउँ भएन । म जन्मिएर कहीँ कसैलाई जानी बुझी गल्ती गरेको छैन र भविश्यमा पनि मबाट गल्ती कहिल्यै हुनेछैन । यदि कसैलाई मैले गलत गरेको भएमा उहाँ र उहाँले पनि भगवानको विश्वास गर्ने भएमा उहाँको भगवानले पनि न्यायाधीशको भूमिका खेल्नुहुनेछ ।
हामी जिम्मालको ट्याग लगाएर हिँड्दा पनि हजुरबुबा र पिताजीले समाजमा भएको विकृतिको बारेमा विरोध जनाउनु हुन्थ्यो । पिताजीले विरोधका क्रममा सरकारी जागिरे हुँदा माओवादी नामको कलंकको ट्याग भिरेर लामो समयसम्म विभिन्न समस्या भोगेको बारेमा सम्झना ताजै छ।
मेरो पिताजी राजाको शासन ठीकै छ भन्नु हुन्थ्यो । मलाई थाहा भएसम्म मानिसहरुबीचमा विभेद हुन हुँदैन भन्ने लाग्थ्यो । विद्यालय तह र उच्च माध्यमिक तहमा कम्युनिष्ट विचार नै मन पर्दथ्यो र रातमा हुने राँकेजुलुसमा नेतृत्वको भूमिकामा रहनुलाई गर्भ लाग्दथ्यो ।
तर विगतमा मैले गरेका सबै गतिविधि आज कुनै पनि सही थिएन भन्ने लाग्छ। कम्युनिष्ट शब्द सुन्दा दुःखी हुने मेरो पिताजीरीले कम्युनिज्मका कारण असहनीय सजाय भोग्नु, मैले जेल बाहेक पुलिसका हल्लारहुँ भन्नेबाट कुनै हालतमा पनि सहन नमिल्ने दुर्व्यवहारको सामना गर्नु, मेरा एकाघरका परिवारले भोगेको सबै किसिमका कष्टको चित्त बुझाउने ठाउँ रहेन ।
सुंगुर सक्कली हात्ती र बंगुरहरु पनि हात्ती जस्तै भए । स्यालहरु सहरका मालिक भएर निस्किए । कागहरु आज बाज भएर निस्किए । गोरुहरु आज नन्दी भएर निस्किए ।
तर व्यवस्था परिवर्तनका लागि हाम्रो सम्पूर्ण परिवारको योगदान भने आज बिना कामको मकै छोडाए पश्चात कतै पनि काम नलाग्ने खोया भयौँ । भगवान् पक्कै छन् र उनैले न्याय दिन्छन् भन्ने आशामा हामी । हाम्रो योगदान खोया भयो।