arrow

ढुङ्गाकै सहारा लिन्छन् महाकाली पारीका जनता

नदीमा पुल नहुँदा सबैभन्दा बढी विद्यार्थीहरु मारमा

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७३ पुष २९ शुक्रबार
Kanchanpur-hamrakura.jpg.jpeg
कञ्चनपुर । कञ्चनपुर जिल्लाको महाकाली पारी कुतियाकबरका स्थानीय बासिन्दा जोगबुढा नदीमा पुल नहुँदा डुङ्गाकै भरमा लिएर आवत–जावत गर्न बाध्य भएका छन् । दोधाराचाँदनी नगरपालिका–१० मा पर्ने जोगबुढामा पक्की पुल नहुँदा कुतियाकबरका स्थानीयहरु दैनिक आवतजावतमा ढुङ्गाकै साहरा लिन बाध्य भएका हुन् ।
 
 महाकाली नदीमा झोलुङ्गे पुल निर्माण भएपछि नेपालको भू–भागसँग जोडिएका दोधाराचाँदनीका स्थानीय जोगबुढा नदीमा पक्की पुल नहुँदा बर्षैभरी सास्ती खेपिरहेका  छन् । बर्षायाममा नदीको वहावले डुङ्गा नै बन्द हुँदा आवत जावत समेतै ठप्प हुने गरेको स्थानीयहरुले पीडा पोखेका छन् । कुतियाकबरका स्थानीय अगुवा टेक बहादुर सुनारले नदीमा पुल नहुँदा स्थानीय लगायत बढि विद्यार्थीहरु मारमा परेको बताए । 
 
‘वर्षातमा नदीको वहाव बढेर बाढी आउँछ, ‘उनले भने, ‘जोखिम मोलेर ढुङ्ग संचालन हुँदैनन् ।’ गाउँमा कुनै पनि तहको विद्यालय नहुँदा उनीहरु पारी रहेको अम्बिका उमावि, भानु उमाविमा अध्ययन गर्न जान्छन् । गाउँमा शिशु कक्षा बारेक विद्यालय नहुँदा गाउँमा विद्यार्थीहरु बढि मारमा छन् । पुलकै कारण धेरै विद्यार्थीहरुले बिचमै विद्यालय छाड्ने गरेको स्थानिय सुनारले बताए ।  ‘भारतीय विद्यालयमा पढाउँ भने आर्थिक अवस्था कमजोर छ, यता पढाउ भने नदीको समस्या छ, ‘उनले भने ‘नदिकै कारण विद्यार्थीहरु पढाईबाट समेत बञ्चित भएका छन् ।’   अर्का स्थानिय जितुसिह खत्रीले विगतमा ढुङ्गा प्रयोग गरे बाफत प्रति विद्यार्थीबाट ५ रुपैयामा शुल्क निर्धारण भएपनी नगरपालिका र विद्यालयहरुको समन्वयमा ढुङ्गामा विद्यार्थीहरु निःशुक व्यवस्था गरिएको बताए । 
 
पुल नहुँदा सुत्केरी, बिरामी, महिला बालबालिका, जेष्ठ नागरिकहरुलाई बढि जोखिम मोल्नु परेको उनको भनाई छ । अम्बिका उमावि कक्षा ९मा अध्ययनरत चित्रा सुनारले पुल नहुँदा आफुसंगै अध्ययनरत विद्यार्थीहरु विचमै विद्यालय छाडेको बताए । ‘पुल छैन् , वारी आएर डेरा गएर पढ्न सकिदैन्,‘उनले भनिन् ‘त्यसैले विचमै विद्यालय छाड्दै रोजगारीका लागि भारत जान्छन् ।’ उनका अनुसार छात्रा भन्दा छात्रले विचमै विद्यालय छाड्ने गरेका छन् । 
 
पक्की पुल नहुँदा कुतियाकबर, कन्जभोज र शान्ति टोलका झण्डै दुई सय बढी घर परिवार समस्यामा परेका छन् । नदी पारिका बस्तीहरु भारतीय सिमा क्षेत्रसंग जोडिएका छन् । ती बस्तीहरुमा विद्यालय, स्वास्थ्य संस्था, बजार नभएका कारण पनि उनीहरु झन समस्या झेल्दै आएका छन् ।  
 
स्थानीयहरुले भने झोलुङ्गे पुल भन्दा पनि पक्की पुलकै माग अघि सार्दै आएका भएपनि  दोधारा–चाँदनी नगरपालिकाले खासै चासो नदेखाएको स्थानियको गुनासो छ  ।  दोधारा–चाँदनी नगरपालिकाले स्थानीय निकायँसँग पर्याप्त बजेट नहुँदा पक्की पुल निर्माण गर्न नसकिएको जनाएको छ ।  उक्त नगरपालिकाका  कार्यकारी अधिकृत महेश बहादुर बमले कुतियाकबरको बस्तीलाई लक्षित गरेर चालु आर्थिक बर्षबाट झोलुङ्गे पुलको निर्माण कार्य अघि बढेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ