arrow

जुक्ती खोलामा डुबेर दुई बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
jukti-khola.jpg

पोखरा । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं ३ केलादीस्थित जुक्ती खोलामा डुबेर दुई बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नं ८ का १६ वर्षीय प्रमिशन पाठक र शिशिर पन्त छन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार मृत्यु भएका दुई बालकसहित १७ वर्षीय अखिल लामिछाने  पौडी खेल्नकै लागि भरतपुरदेखि जुक्ती खोलामा पुगेको पाइएको छ ।

आफ्ना दुई साथी पानीमा डुबेपछि लामछिानेले स्थानीयसँग हारगुहार गरेका थिए । स्थानीयले बालक प्रमिशन र शिशिरलाई खोलाबाट निकाल्दा उनिहरुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । 

मृतक बालकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी नेपालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ