arrow

भारतको अपरेशन सिन्दूरमा जैश–ए–मोहम्मद प्रमुखका १४ आफन्त मारिए, को हुन् अजहर ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २४ बुधबार
masood-ajahar-2082-1-24.jpg
तस्बिर –मसुद अजहर ।

काठमाडौँ । भारतले पाकिस्तानमा रहेका आतंकवादीमाथि गरेको अपरेशन सिन्दूरका क्रममा अतिवादी संगठन जैश–ए–मोहम्मद संगठनका प्रमुख मसुद अजहरको परिवारका १० सदस्य र चार नजिकका सहयोगी गरी १४ जना मारिएका छन् । 

बीबीसी उर्दूको रिपोर्टअनुसार अजहरले एक बयान जारी गर्दै म पनि मरेको भए भाग्यशाली हुने थिएँ भनेका छन् । मर्नेमा अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच बालबालिका हुन् ।    

बयानमा अजहरका तीन नजिकका सहयोगी र ती सहयोगीमध्ये एककी आमाको पनि आक्रमणमा मृत्यु भएको जनाइएको छ । 

पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा अजहरका आफन्तहरूको मृत्यु भएको हो ।

को हुन् अजहर ? 
अजहर सन् २०१६ को पठानकोट हमलाका मास्टरमाइन्ड हुन् । त्यस्तै सन् २०१९ मा जैश–ए–मोहम्मदले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो । जसमा ४० सैनिक मारिएका थिए । उक्त घटनाका मास्टरमाइन्ड पनि अहजर थिए । 

जैश ए मोहम्मदले सन् २००५ को अयोध्यास्थित राम जन्मभूमिमा पनि हमला गराएको थियो ।

अजहर सन् १९९४ को २९ जनवरीमा बांगालादेशको ढाकाबाट दिल्ली आएका थिए । उनी झुटो पहिचान बनाएर श्रीनगरमा छिरेका थिए । त्यसपछि निरन्तर आतंकवादीलाई फस्टाउने र भारतलाई दुःख दिने नै रहेको थियो ।

सन् १९९९ को २४ डिसेम्बरमा काठमाडौँबाट दिल्ली जाँदै गरेको भारतीय विमान अजहरका भाइसहित दुई आतंकवादीले अपहरण गरेका थिए । उक्त विमान अफगानिस्तानको कान्धार लगिएको थियो । 

त्यतिबेलामा पक्राउ परेका अजहरसहित तीन आतंकवादीलाई छाड्न माग गरिएपछि अजहरलाई भारतले छाडेको थियो । त्यसपछि अजहर भागेर पाकिस्तान गएका थिए । 

सन् २०१९ मा अजहरलाई ग्लोबल आतंकवादी घोषणा गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ