arrow

पाकिस्तानी सांसदले प्रधानमन्त्री शाहबाजलाई अपशब्द भनेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २६ शुक्रबार
shahid-ahahad-khatak-pak.jpg

इस्लामाबाद । पाकिस्तानी एक सांसदले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफलाई स्याल भनी सम्बोधन गरेका छन् । सांसद शाहिद अहमद खटकले प्रधानमन्त्री शरीफलाई उक्त आपत्तिजनक शब्दले सम्बोधन गरेका हुन् । 

राष्ट्रिय सभामा बोल्दै शाहिदले प्रधानमन्त्री शरीफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध एक शब्द पनि नबोलेको आरोप बताए । अर्कोतर्फ पाकिस्तान सरकारले कराँची बन्दरगाह उडाएको समाचारलाई गलत भनेको छ । कराँची बन्दरगाहको एक्स ह्यान्डलले यो जानकारी दिएको छ र बन्दरगाह सुरक्षित रहेको बताएको छ।

त्यस्तै पाकिस्तानी सेनाका प्रवक्ताले शुक्रबार दाबी गरे कि अहिलेसम्म भारतका ७७ ड्रोनहरू खसालिएका छन् । उनले यो पनि भने कि भारतको आक्रमणमा उनीहरूका ३१ जना मारिएका छन् भने ५७ जना घाइते भएका छन् ।

यसअघि बिहीबार पाकिस्तानी सेनाले २५ वटा ड्रोन खसालेको बताएको थियो। सेनाका प्रवक्ताका अनुसार भारतले ९ स्थानमा ड्रोन आक्रमण गरेको थियो। (भास्कर दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ