arrow

भारतको आक्रमणमा ३१ मारिएको र ५७ घाइते भएको पाकिस्तानी सेनाको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २६ शुक्रबार
kashmir-2025-afp-.jpg
तस्बिर – कश्मीर ।

इस्लामाबाद । पाकिस्तानी सेनाले भारतको आक्रमणमा अहिलेसम्म ३१ जना मारिएको र ५७ जना घाइते भएको बताएका छन् । उनले शुक्रबार अहिलेसम्म भारतका ७७ ड्रोनहरू खसालिएको दाबीसमेत गरेका छन् । 

यसअघि बिहीबार पाकिस्तानी सेनाले २५ वटा ड्रोन खसालेको बताएको थियो । सेनाका प्रवक्ताका अनुसार भारतले ९ स्थानमा ड्रोन आक्रमण गरेको थियो। 

यता पाकिस्तानभित्रै आरोप प्रत्यारोप चलिरिहेको छ । पाकिस्तानी एक सांसदले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफलाई स्याल नै भनेर सम्बोधन गरेका छन् । सांसद शाहिद अहमद खटकले प्रधानमन्त्री शरीफलाई उक्त आपत्तिजनक शब्दले सम्बोधन गरेका हुन् । 

राष्ट्रिय सभामा बोल्दै शाहिदले प्रधानमन्त्री शरीफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध एक शब्द पनि नबोलेको आरोप बताए । 

त्यस्तै पाकिस्तान सरकारले कराँची बन्दरगाह उडाएको समाचारलाई गलत भनेको छ । कराँची बन्दरगाहको एक्स ह्यान्डलले यो जानकारी दिएको छ र बन्दरगाह सुरक्षित रहेको बताएको छ। (भास्कर दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ