arrow

धुर्मुस सुन्तली पछि बस्ती निर्माणका विषयमा मह जोडीको अपिल

logo
आरके महतो,
प्रकाशित २०७३ माघ १ शनिबार
maha-jodi.jpeg
बर्दिबास  । हास्यकलाकार महजोडि (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य)ले धुर्मुस–सुन्तलीले हास्यकलाकारिता क्षेत्रलाई उज्यालाएका बताएका छन् । शनिबार धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण कार्य थालेको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती स्थल पुगेका मह जोडीले स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै धुर्मुस र सुन्तलीले थालेका देश निर्माणको काम सिङ्गो कलाकारिता क्षेत्रले गर्व गर्न लायकको रहेको भन्दै सबैलाई यसमा सहयोगको लागि अपिल गरेका छन् । 
 
यस अघि नमुनाबस्ती निर्माणको लागि धुर्मुस सुन्तलीले गरिरहेकोमा धुर्मुस सुन्तलीले सहयोगको अपिल गरेका थिए । शनिबार मह जोडीले पनि देश बनाउन हिडेका धुर्मुस र सुन्तलीलाई देश विदेशमा रहेका सबै नेपालीले खुलेर सहयोग गरिदिन सबैमा अपिल गरेका हुन् ।
 
रकेटको गतिमा काम भइरेको भन्दै मदनकृष्ण श्रेष्ठले भने,‘पौष २५ गते शिलान्यास  गरेको एकिकृत नमुना मुसहर बस्तीको निर्माण काम पाँच दिनबीच  निर्माणको काम निकै अघि बढेछ । काम कसरी अघि बढ्छभन्ने दृष्टान्त बनेको छ ।’ धुर्मुश र सुन्तलीले दर्शक मात्र नहसाएर अहिले विकासको काम गरेर देशैलाई हसाइरहेको उनले बताए । ५० वटा बन्ने भनेकोमा घर मध्ये २० वटा घरको जग हालेर दण्डी ठडिएको देख्दा हरिबंश अच्मित ! हुदैं मदनकृष्णको कुरामा थपेर भने,‘ जांगरिला हातको कमाल देखियो । धुर्मुस—सुन्तली बस्ती बनाउनुको साथै सबै नेपालीको मन जोड्न तराई झरेका हुन् । ’ 
 
काम सुरु भएको १०० दिनमै घर हस्तान्तरण गरिने घोषणा गरिएको छ । यति थोरै अवधीमा ५० वटा घर हस्तान्तरण हुन सक्ला...? भन्ने संचारकर्मीहरुको प्रश्नमा मदनकृष्ण ले भने,‘यहाँको काम गराइले तोकिएको अवधीमै घर हस्तान्तरण हुन्छ । हुनु पर्छ । हेर्नुस् त काम गर्दा हुने रहेछ नी । ढिला सुस्तीले देश विकास हुन सकेको छैन । शिलान्यास गर्न आउँदा फिल्ड सम्म थियो । पाँच दिनमा आउँदा त २० वटा घरको जग खनेर १० वटा घरको त  पिलरै हालने क्रम जारी छ ।’ 
 
दैनिक झन्डै २ सय कामदार खटेर जाडो मौसममा बस्ती खटेर निर्माणको काम गरिरहेका छन् । ६५ जना गाउँले श्रमदान गरिरहेका छन् । काम गर्दै गरेका महिला दिदीबहिनीहरुले निर्माण स्थलमा महजोडि जाँदा नमस्कार गर्दा महजोडि खुशि भए । हरिबंशले दिदी बहिनीहरुस.हात मिलाउँदै भने,‘ मन सोझिएको छ, काम सोझिएको छ । आउने बैशाख १ गते नयाँ बर्षमा यहांहरु(मुसहरहरु) नयां घरमा सर्छन् । ’ बोल्न लाजाउने मुसहरहरु  नमस्कार गर्न सिकेको पाएको भन्दै परिवर्तन सम्भव रहेको भन्दै उनले बस्ती निर्माण सबैले आआफ्ना ठाउँबाट सहयोग गर्नु पर्नेमा जोड दिए ।
 
कलाकारिता क्षेत्रका हस्तीहरु बिकास निर्माण र समाजसेवाका क्षेत्रमा पसेर देश निर्माणको काममा जुटेका छन् । अब देश निर्माण गर्छौं भन्नेले के गर्लान् ? भन्ने प्रश्न चौतर्फी उठिरेको छ । यस प्रश्नको उत्तरमा मदनले भने,‘ चिन्ता गर्नु पर्दैन देश निर्माण गर्छौ भन्नेहरुले..। धुर्मुस–सुन्तली काभ्रेको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरान्चोर सकेर बर्दिवास मुसहर बस्ती आएका छन् । यो सकेर कहीं जालान् । बांकी सिंगै नेपाल देश बनाउंछौं भन्नेका लागि खुला छ । बनाउंछौ भन्नु..अनि बनाउन लाग्नु । भई हाल्यो नि †’ नेपाली जनताले देश विकास, समृद्धि र शान्ति खोजि रहेका छन् । देशलाई सुन्दर बनाउन धेरै काम गर्न बाँकी छ । 
 
मदनको कुरामा हरिबंशले थपे,‘देशमा काम गर्नु पर्ने क्षेत्र बिशाल छ । बनाउंछौ भन्ने मित्रहरुले संकल्प गरेर अघि बढे हुन्छ । सम्झिए हामी पनि सकेको सहयोग गर्न पुग्छौं ।’ धुर्मुस र सुन्तलीसहितको जांगरिलो नयाँ पुस्ता हास्य व्यंगमा मात्र धाराबाहिक श्रृङख्ला नपकेर विकास निर्माणको धाराबाहिक श्रृङख्ला जनता सामु पस्किरहेको भन्दै मह जोडिका मदनकृष्ण श्रेष्ठले खुशी व्यक्त गरे । उनले भने,‘ नायाँ पुस्ता नयाँ काममा छ । के तपांईहरुलाई संका छ..? हाम्रो हास्य कलाकारिता क्षेत्रमा मान्छे (दर्शक) हंसाउनेमात्र हैन, देश हंसाउने पात्र छन् । धुर्मुस र सुन्तलीको अभियानको सिको नेताहरुले नगरे नेताहरुको भोट गुम्छ । त्यसैले धुर्मुस र सुन्तलीले गरिरहेका काम नेताहरुको लागि चुनौति सावित भएको छ ।’ 
 
दर्शक हसाउने र जनचेतना फैलाउने कामबाट धुर्मुस र सुन्तलीले विकास निर्माणको अभियानबाट सरकारले सिक्नु पर्ने हरिबंशले बताए । मदनको कुरामा उनले थप्दै भने,‘ मदन दाइले भन्नु भयो नि.. हामी हाम्रो नयाँ पुस्ताप्रति गर्व गछौं । धुर्मुस र सुन्तलीबाट देश बनाउने ज्ञान सरकारले सिकुन् ।’
 
बर्सौंदेखि रोग, भोक र अशिक्षाले पछाडी परेका महोत्तरीको बर्दिबास नपा २ स्थित मुसहर बस्तीको मुहार फेर्न एकिकृत नमुना मुसहर बस्ती नाम परियोजना अघि बढाएर धुर्मुस—सुन्तली फाउण्डेसनले काम थालेको छ । बस्ती बनाउन चार करोंड ७८ लाख लाग्ने भएको छ ।‘यो मानवता र सद्भावको कार्य हो,’ धुर्मुसले आग्रह गर्दै उनले भने,‘बस्ती निर्माणका लागि सबैले हातेमालो गरौं ।’सहयोगको लागि सबैमा उनीहरुले अपिल गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ