arrow

को को हुन् भारतले थालेको ‘अपरेशन सिन्दूर’मा मारिएका आतंककारीहरू ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २७ शनिबार
operation-sindoor-ind-pak.jpg

नयाँदिल्ली । भारतको अपरेशन सिन्दूरमा मारिएका पाँच आतंकवादीको नाम सार्वजनिक भएको छ । अबु जुन्दल र मोहम्मद रउफ अजहरसहित पाँच आतंककारी मारिएका थिए । युसुफ कान्दाहार अपहरणको मास्टरमाइन्ड थियो र जुन्दल मुम्बई आक्रमणमा संलग्न थियो ।

समाचार एजेन्सी एएनआईले शनिबार स्रोतलाई उद्धृत गर्दै उनीहरूको नामको सूची जारी गरेको हो । अप्रिल २२ मा जम्मू–कश्मीरको पहलगाम आक्रमणपछि, भारतले मे ७ मा ‘अपरेशन सिन्दूर’ शुरु गर्‍यो र पाकिस्तान र पीओकेका नौ स्थानहरूलाई निशाना बनायो ।

यी पाँच आतंककारीहरू सँगै मारिएका थिए वा छुट्टाछुट्टै मारिएका थिए भन्ने जानकारी खुलाइएको छैन। अपरेशन सिन्दूरमा १०० आतंककारी मारिएका थिए ।

अपरेशन सिन्दूरमा मारिएका ५ आतंककारी  
१ मुदस्सर खादियान उर्फ ​​अबु जुन्दल– लश्कर–ए–तैयबा आतंकवादी। उनी मुरिदकेमा रहेको मरकज तैयबाको इन्चार्ज थिए। यो २६ नोभेम्बर २००८ को मुम्बई आतंकवादी हमलामा संलग्न थियो। उनको अन्त्येष्टिमा पाकिस्तानी सेनाले उनलाई गार्ड अफ अनर दिएको थियो।

२ हाफिज मुहम्मद जमील– जैश–ए–मोहम्मदको एक ठूलो आतंककारी। मौलाना मसूद अजहरका जेठा साला। बहावलपुर मा मरकज सुभान अल्लाह को इन्चार्ज। युवाहरूलाई कट्टरपन्थी बनाउने र आर्थिक सहयोग गर्ने काममा सक्रिय थिए।

३ मोहम्मद युसुफ अजहर उर्फ ​​उस्तादजी, मोहम्मद सलीम, घोसी साहब– जैश(ए(मोहम्मदका आतंककारी र मसूद अजहरका दाजु। आतंकवादी संगठनमा हतियार तालिमको जिम्मेवारीमा। उनी जम्मू कश्मीरमा भएका धेरै आतंकवादी हमलाहरूमा संलग्न थिए र क्ष्ऋ(डज्ञद्ध विमान अपहरण अर्थात् कान्दाहार अपहरणको षड्यन्त्र रच्नेहरूमध्ये एक थिए।

४ खालिद उर्फ ​​अबु आकाशाः लश्कर–ए–तैयबा आतंकवादी । अफगानिस्तानबाट हतियार तस्करीमा संलग्न थियो। जम्मू कश्मीरमा भएका धेरै आतंकवादी हमलाहरूमा संलग्न। अन्त्येष्टि फैसलाबादमा भयो । यसमा पाकिस्तानी सेनाका अधिकारीहरूले पनि भाग लिएका थिए ।

५ मोहम्मद हसन खानः जैश–ए(मोहम्मद आतंकवादी। बुबा– मुफ्ती असगर खान कश्मीरी, पीओकेमा जैश–ए–मोहम्मदका अपरेशनल कमाण्डर। जम्मू कश्मीरमा आतंकवादी हमलाको योजना बनाउनमा मो। हसनको महत्वपूर्ण भूमिका थियो।

भारतले शुक्रबार राति आठ पाकिस्तानी सैन्य प्रतिष्ठानहरूमा आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालय र विदेश मन्त्रालयले शनिबार बिहान पाकिस्तानी आक्रमणको जवाफमा गरिएका कारबाहीहरूको बारेमा जानकारी दिएका हुन् । 

कर्नेल सोफिया कुरेशीले भनिन् कि भारतले ८ सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। यसमा पाकिस्तानी एयरबेस र हतियार डिपोहरू समावेश छन् । बीएसएफले एक भिडियो जारी गर्दै पाकिस्तानको सियालकोटको लुनीमा आतंकवादी लन्चप्याड ध्वस्त पारिएको बताएको छ ।

शुक्रबार बेलुकी ७.४७ देखि १०.५७ सम्म पाकिस्तानले जम्मू कश्मीर, पञ्जाब, राजस्थान र गुजरातका २६ सहरहरूमा ५५० भन्दा बढी ड्रोनहरू प्रहार गर्यो । यो आक्रमणलाई भारतीय सेनाले विफल पारेको थियो ।

शनिबार बिहान पाकिस्तानले फेरि जम्मू कश्मीर, पञ्जाब, राजस्थान, हरियाणा र गुजरातमा आक्रमण गर्यो । गोलीबारीमा राजौरीका एक प्रशासनिक अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । जम्मू शहरमा पनि हवाई हमला जारी छ। धेरै भवनहरू क्षतिग्रस्त भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ