ओली सरकारले तत्कालै पारित गर्न खोजेका यी हुन् आधादर्जन विधेयक
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
2.6k
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेशनबाट ६ विधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ६ विधेयक पारित गर्न अनुरोध गरेका हुन् ।
‘हाम्रा नीतिहरु कार्यान्वयनका लागि निम्न ऐनहरु अत्यावश्यक छन्, म यस सम्मानित सदनसँग विचाराधीन विधेययकहरु शीघ्र पारित गर्न पनि विनम्र अनुरोध गर्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ।
उनका अनुसार यी हुन् ६ विधेयक जो यसै अधिवेशनबाट पारित गराउन सरकारले खोजिरहेको छ । जसअनुसार,
१, वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक
२, संघीय निजामती सेवासम्बन्धी विधेयक
३, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक
४, विद्यालय शिक्षा विधेयक
५, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक
६, नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।